• २ असोज २०८३, शुक्रबार
  • २ः२८ दिउँसो

खेलाडीहरुका आवाज सम्बोधन गर्नुको सट्टा कारबाही गरिएकोमा क्रिकेट खेलाडी संघ नेपालको ध्यानाकर्षण

प्रकाशित मिति

२०७८ पुष ५ गते, सोमबार १२:२९

५ पुस २०७८, काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले क्रिकेट खेलाडीहरुका आवाज सम्बोधन गर्नुको सट्टा कारबाही गरिएकोमा ध्यानाकर्षण गरेको छ । सोमवार संयुक्त प्रेस बिज्ञप्ति जारी गर्दै खेलाडीहरुलाई गरिएको कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्ने अवस्था सिर्जना भएको ज समेत जनाएको छ ।

National Life

अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काले संयुक्त विज्ञप्ति जारी गर्दै खेलाडीहरुका आवाज तथा भावना सम्बोधन गर्नुको सट्टा उनीहरुलाई कारबाही गरिएकोमा ध्यानाकर्षण भएको जनाएका छन् ।


क्रिकेट खेलाडीहरुको योगदानका कारण विश्व क्रिकेट जगतमा विशेष पहिचान बनाउन सफल भएको कुरा स्मरण गराउँदै सिप्यानले भनेको छ, ‘खेलाडीहरुले आफ्ना भावना तथा आवाजहरु अगाडि राख्न खोज्दा ती मागहरुको उचित सम्बोधन गर्नुको सट्टा खेलाडीहरु माथि नै गरिएका कारबाहीहरुले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना भएको छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

सिप्यानले क्रिकेट खेलाडीहरुको वर्गीकरण जस्तो महत्वपूर्ण विषयलाई पारदर्शी, तर्कसम्मत र त्रुटीरहित बनाउन मागसमेत गरेको छ । ‘वर्गीकरणजस्तो महत्वपूर्ण विषयवस्तुलाई पारदर्शी रुपमा निश्चित मापदण्ड तोकेर अवलम्बन गर्दै तर्कसम्मत र त्रुटीरहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाइनुपर्ने आवश्यकता पुनः दोहोर्याउन जरुरी देखिन्छ,’ विज्ञप्तिमा लेखिएको छ ।


गत मंसिर २९ गते नेपाल क्रिकेट संघ ९क्यान०ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको थियो । उनीहरुले वर्गीकरणबारे आफ्ना असन्तुष्टि सार्वजनिक गरेका थिए ।


नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीबारे प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षणसमेत गराएका थिए ।

प्रतिकृया