• २ असोज २०८३, शुक्रबार
  • ११ः०५ बिहान

शिक्षक सेवा आयोगको परीक्षा एसईईसँग जुध्ने सम्भावना

प्रकाशित मिति

२०७८ पुष ५ गते, सोमबार १२:३८

परीक्षा तालिकाबारे छलफल गर्ने तयारी

National Life

५ पुस २०७८, काठमाडौं : शिक्षक सेवा आयोगको परीक्षा र माध्यमिक शिक्षा परीक्षा (एसईई) जुध्ने सम्भावना देखिएको छ । त्यसैले परीक्षा तालिकाबारे शिक्षक सेवा आयोगले राष्ट्रिय परीक्षा बोर्डसँग छलफल गर्ने तयारी गरेको छ ।


शिक्षक सेवा आयोगले मावि तहको परीक्षा आगामी चैत १५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । एसईईको परीक्षा तालिका भने सार्वजनिक हुन बाँकी छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यद्यपि शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहट्टाले एसईईसँग परीक्षा जुध्ने सम्भावना भएकाले परीक्षा बोर्डसँग छलफल गर्ने तयारी गरेको बताए । उनले भने, ‘परीक्षा जुध्ने सम्भावनाबारे हामीबीच छलफल भएको छ, यसबारे परीक्षा बोर्डसँग पनि छलफल गर्ने हो कि भनेर कुरा भइरहेको छ ।’


एसईई परीक्षाका लागि विद्यार्थीहरुलाई तयारी गराउने शिक्षकहरु आफ्नै परीक्षामा व्यस्त रहने हुँदा परीक्षा सन्चालनमा समस्या नहोस् भनेर आफूहरु सचेत रहेको उनले बताए ।

प्रतिकृया