• १ असोज २०८३, बिहीबार
  • १ः१२ राती

युनिग्लोब कलेजको दीक्षान्त समारोह सम्पन्न, १ सय २० बिद्यार्थी दीक्षित (भिडियोसहित)

प्रकाशित मिति

२०७८ मंसिर २१ गते, मंगलवार ०४:५३

मंसिर २०७८, काठमाडौँ : युनिग्लोब कलेजले मंगलबार बिबिए / बिबिए-बिआइको दीक्षान्त समारोह सम्पन्न गरेको छ । लाजिम्पाटस्थित रेडिसन होटलमा उक्त दिक्षान्त समारोह आयोजना गरिएको हो । युनिग्लोबले आज बिबिए बिबिए-बिआइका १ सय २० बिद्यार्थीहरूलाई दीक्षित गरेको कलेजका प्रिन्सिपल डा. नर बहादुर बिष्टले जानाकारी दिएका छन् ।

National Life

दीक्षान्त समारोहमा बिबिए (ब्याचलर्स अफ बिजनेस एडािनिस्ट्रेसन) बाट ८० जना र बिबिए-बिआइ ( ब्याचलर्स अफ बिजनेश एडमिनिस्ट्रेसन ब्याङ्किङ एण्ड इन्सुरेन्स) का ४० जना दीक्षित भएका छन् ।


भिडियो –

Classic Tech Mobile
Classic Tech Desktop

युनिग्लोब कलेजको दीक्षान्त समारोह

युनिग्लोबमा बिबिए-बिआइबाट उत्कृष्ट अंक ल्याउन सफल भएकी (टपर) प्रियङ्का शाहले युनिग्लोब कलेजमा एकेडेमिक एकसलेन्सी (शैक्षिक उत्कृष्टता)का साथै अतिरिक्त गतिविधिहरुमा पनि युनिग्लोबले विद्यार्थीलाई सक्रिय बनाउने भएकाले राजधानीमा बिबिए-बिआइ पढाउने सयौँ धेरै कलेज भएपनि यहि कलेज नै रोजाइमा परेको बताइन् । टपर शाहले आफ्नो सफलताको पूरै श्रेय युनिग्लोबलाई नै जाने समेत जिकीर गरिन् ।

युनिग्लोबमा बिबिए-बिआइबाट टपर प्रियङ्का शाह

त्यस्तै, युनिग्लोबमा पढ्दा पढ्दै आफ्नै बिजनेस खोलेकी प्रिया शाहले कलेजको स्किल डिभलपमन्ट प्रोग्रामबाट उत्प्रेरीत भएको बताइन् । उनले युनिग्लोब आउनु अघिको प्रिया र अहिलेको प्रियामा ठूलो अन्तर आएको र यो युनिगलोबको सुन्दर बातावरणले मात्र सम्भब भएको बताइन् । शाहले डिल्लीबजारमा निन्जा क्याफे सन्चालन गरेकी छिन् ।

युनिग्लोब पढ्दा पढ्दै आफ्नै बिजनेस खोलेकी प्रिया शाह

शाह एक प्रतिनिपधि पात्र मात्र भएकी र युनिग्लोबको वातावरण्ले प्राय सवै विद्यार्थी सृजनाशिल ( क्रियटिभ र एन्नोभेटिभ) भएका प्रिन्सिपल बिष्टको दाबी रहेको छ । डा. बिष्टले सो समारोहमा सम्पूर्ण विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना ब्यक्त गरेका थिए ।

डा. नर बहादुर बिष्ट

त्यस्तै, माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइरालाले युनिग्लोबका उत्पादनमध्ये दश जना भन्दा बढि माछापुच्छ्रे बैँकमा नै रहेको बताएका छन् । कोइरालाले विद्यार्थीहरुलाई शुभकामना पनि ब्यक्त गरेका छन् । उनले बैकिङ क्षेत्रमा आउने विद्यार्थीहरुको नतिजा हेर्दा अन्य कलेजहरुको तुलनामा युनिग्लोबको रिजल्ट अहिले पनि उत्कृष्ट रहेको भन्दै युनिग्लोबको तारिफ समेत गरेका छन् ।

माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइराला

प्रतिकृया