• २ असोज २०८३, शुक्रबार
  • ११ः०३ बिहान

करारका जनशक्ति स्थायी गर्ने त्रिविको निर्णय खारेज गर्न ६ विद्यार्थी संगठनको माग

प्रकाशित मिति

२०७८ मंसिर १६ गते, बिहीबार १२:०१

१६ मंसिर २०७८, काठमाडौं: १० वर्षदेखि करारमा रहेका जनशक्तिलाई स्थायी गर्ने त्रिवि सभाको निर्णयप्रति ६ विद्यार्थी संगठनले आपत्ति जनाएका छन्। उनीहरूले आज विज्ञप्ति जारी गर्दै युवाहरूले पनि प्रतिस्पर्धा गर्ने पाउने गरी विज्ञापन खुलाउन माग गरेका हुन्।

National Life

विज्ञप्ति निकाल्नेमा माओवादी निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह,एकीकृत समाजवादी निकट अनेरास्ववियू महासचिव आरती लामा,जसपा निकट समाजवादी विद्यार्थी युनियन अध्यक्ष रूपनारायण श्रेष्ठ, क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल अध्यक्ष, नेकपा निकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौँका अध्यक्ष देवेन्द्र कुवर छन्। प्रतिस्पर्धाबाट डराएर बिना प्रतिस्पर्धा नै त्रिविको प्राध्यापक र कर्मचारी बन्न पाउनु पर्ने माग आफैमा अप्राकृतिक, अनैतिक, अशोभनीय र हास्यास्पद रहेको उनीहरूको आरोप छ।


ुप्रधानमन्त्री निवास बालुवाटारमा २०७८ मंसिर १४ मा बसेको त्रिवि सभा बैठकले १० वर्ष देखि करारमा रहेको जनशक्तिलाई स्वतः स्थायी गर्ने निर्णय प्रति संयुक्त विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विज्ञप्तिमा भनिएको छ,ुदेशमा असङ्ख्य काबिल प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भैसकेको अवस्थामा पनि त्यसलाई दुरुत्साहन हुने गरी त्रिवि नियमन सेवा आयोगको विधानलाई पाखा लगाउँदै त्रिवि र राज्यलाई झण्डै १ अर्ब ५ करोड बढी व्ययभार पर्ने गरी गरिएको निर्णय खारेज गर्न संयुक्त विद्यार्थी संगठन जोडदार माग गर्दछौं।ु निर्णय खारेज गरी खुल्ला प्रतिस्पर्धाबाट पदपूर्तिका व्यवस्था लागु गर्न माग गर्दै उनीहरूले त्यस्तो नगरे कडा सङ्घर्ष गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्।

प्रतिकृया