गौतम गम्भीरलाई इस्लामिक स्टेटको धम्की
प्रकाशित मिति
२०७८ मंसिर १२ गते, आईतवार ०२:३१

१२ मंसिर २०७८, काठमाडौं : भारतका पूर्वक्रिकेटर एवं भारतीय जनता पार्टीका सांसद गौतम गम्भीरलाई ज्यान मार्ने धम्की आएको छ ।
गम्भीरलाई ५ दिनको अवधिमा ३ पटक ज्यान मार्ने धम्की आएको भारतीय समाचार माध्यमले जनाएका छन् । उनलाई आइतबार ई-मेलमार्फत् ‘आईएसआईएस कश्मीर’ नामक समूहबाट तेस्रो पटक ज्यान मार्ने धम्की आएको प्रहरीले बताएको छ । ई-मेलमा दिल्ली प्रहरीलाई समेत उल्लेख गरिएको छ ।
‘दिल्ली प्रहरी र डीसीपी श्वेता चौहानले केही गर्न सक्दैनन् किनभने उनीहरूको जासुसी गर्ने मान्छे प्रहरीभित्रै छन्’, आईएसआईएस कश्मीरको ई(मेलमा भनिएको छ ।
दिल्ली प्रहरीका वरिष्ट अधिकारीका अनुसार ई(मेलको स्रोत पहिचान गर्न भन्दै प्रहरीको साइबर सेलसमक्ष उजुरी परेको र थप अनुसन्धान भइरहेको छ ।
यसअघि गम्भीरलाई २ पटक ज्यान मार्ने धम्की आएको थियो । गत मंगलबार गम्भीरलाई बिहान ९स् ३२ बजेतिर ज्यान मार्ने धम्कीसहितको ई(मेल पठाइएको थियो । ‘हामीले तँलाई र तेरो परिवारलाई मार्न गइरहेका छौं जुन ई(मेलमा लेखिएको थियो ।
बुधबार पनि सोही ई-मेलमार्फत् घरबाहिर खिचिएको भिडियोसहित ज्या मार्ने धम्की आएको थियो । धम्कीपछि उनको निवासमा सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
प्रतिकृया