• १९ असोज २०८३, सोमबार
  • १२ः५८ दिउँसो

हेलो नेपालको लाइसेन्स फेरि खारेज

प्रकाशित मिति

२०७८ मंसिर १२ गते, आईतवार ०२:४४

१२ मंसिर २०७८, काठमाडौं : नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल)को आधारभूत दूरसञ्चार सेवा (मोबाइल) प्रदायकको अनुमतिपत्र (लाइसेन्स) फेरि खारेज भएको छ । गत असारभित्र लाइसेन्सको रोयल्टी बक्यौताको किस्ता बुझाउनुपर्ने भएपनि कम्पनी नेपाल दूरसञ्चार प्राधिकरणको सम्पर्कमा नै गएको थिएन ।

National Life

पश्चिम नेपालका ग्रामीण भेगमा सेवा दिने अनुमति पाएको व्यवसायी अजेयराज सुमार्गीको स्वामित्वमा रहेको कम्पनीले किस्ता नबुझाएपछि नेपाल दूरसञ्चार प्राधिकरणले स्पष्टीकरण सोधेको थियो । तर, चित्त बुझ्दो नभएको भन्दै लाइसेन्स खारेज गर्ने निर्णय भएको एक अधिकारीले बताए ।

प्रतिकृया