• ४ साउन २०८३, सोमबार
  • ३:४६ बिहान

दलहरूले मौनताको मूल्य चुकाउनुपर्छ : वरिष्ठ अधिवक्ता खरेल

प्रकाशित मिति

२०७८ कार्तिक १५ गते, सोमबार १२:३०

१५ कार्तिक, २०७८ काठमाडौँ : वरिष्ठ अधिवक्ता सतिश कृष्ण खरेलले प्रधानन्यायाधीश जबराको राजीनामाको सम्बन्धमा राजनीतिक दलहरूले देखाएको मौनता महँगो पर्ने चेतावनी दिएका छन् । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै खरेलले राजनीतिक दलहरुले देखाएको मौनताको मूल्य चुकाउनुपर्ने बताएका हुन् ।


‘अदालतमा आगो लागेको बेला म आगो निभाउँदिन भन्न पाइन्छ ? राजनीतिक दलको यो मौनताको मूल्य निकै महँगो पर्ने छ,’ खरेलले भने । अहिले केही नेताहरुले अदालतमा हस्तक्षेप गर्दिन भनेको उल्लेख गर्दै उनले अदालतमा हस्तक्षेप नगर्ने भनेको फैसला र नियुक्तिमा हस्तक्षेप नगर्नु हो भने ।

Kamana Sewa

नेतृत्व ठीक भएन भनेर तलबाट आवाज उठेकाले प्रधानन्यायाधीश जबराले अब पद त्याग्नुपर्ने उनले बताए । उनले आफूहरुको आन्दोलन व्यक्तिविरुद्ध लक्षित नभएको पनि बताए ।

Classic Tech Desktop

प्रतिकृया