महाप्रबन्धक गोपीकृष्ण न्यौपाने आएपछि पालुवा फेर्दै उदयपुर सिमेन्ट उद्योग
प्रकाशित मिति
२०७८ कार्तिक १४ गते, आईतवार ११:२८

१४ कार्तिक, २०७८ काठमाडौँ : उदयपुर सिमेन्ट उद्योगको संचालक समितिले पारित गरेको आर्थिक वर्ष २०७८ र ७९ को नीति तथा कार्यक्रमलाई मूल मन्त्र लिई कार्यान्वयनको लागि अघि बढेका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले उद्योगमा विगतमा हुने गरेका विकृति र विसंगति रोक्दै सूसासन कायम गर्न लागि परेको उद्योगका प्रवक्ता लक्ष्मण पोखरेलले जानकारी गराएका छन । पोखरेलका अनुसार चालू आर्थिक बर्षको श्रावण, भाद्र र आश्विनको त्रैमासिक बिक्री लक्ष्य ३,१४,८६० बोरा रहेकोमा साउनमा १,०७,९६२ बोरा, भाद्रमा ९३,७२० बोरा र असौजमा १,१४,२२९ बोरा बिक्री गरि कुल ३,१५,९३१ बोरा बिक्री गरि शतप्रतिशत भन्दा बढी लक्ष्य हासिल गर्न उद्योग सफल भएको छ ।
न्यौपाने आएपछि नै कम्पनी रजिस्ट्रारको कार्यालयमा अपडेट भएको र लामो समय रोकिएको साधारण सभा र वित्तीय विवरण पछिल्लो समयको १४ आर्थिक वर्षको साधारण सभा सम्पन्न गरि अद्यावधिकको लागि पेस गरिसकेको उद्योगका प्रवक्ता पोखरेलले बताए । महाप्रबन्धक न्यौपानेले पद बहाली गर्नासाथ पहिलो छ महिनाको र पछि दोस्रो छ महिनाको आन्तरिक लेखापरीक्षण गराएका छन् ।
उद्योगमा २९ बर्ष देखि थुप्रो लागेर रहेको पत्रु बिक्री गरि २ करोड ४१ लाख आय आर्जन भएको छ। पत्रु बिक्री गर्न महाप्रबन्धक न्यौपानेले बिक्री गर्न योग्य पत्रुको छनौट गरि संकलन गर्न कमिटी गठन गरि सो कमिटीले दिएको प्रतिवेदनको आधारमा जिल्ला प्रशासन कार्यालय र कोलेनिकाका प्रतिनिधि समेतको मुल्यांकन समिती गठन गरेका थिए ।
निजी उद्योगहरुमा लामो अवधि उच्च व्यवस्थापनमा रही काम गरिसकेका महाप्रबन्धक न्यौपानेले अधिकृत बिक्रेता र आम उपभोक्तामुखी बिक्री नीति जारी गरेर निजी जस्तै खरो प्रतिष्पर्धामा उत्रेको कुरा प्रवक्ता पोखरेलले बताए । उद्योगको हालको खानीलाई बढीमा ३० बर्ष भित्र कसरी उपयोग गर्न सकिन्छ भनेर महाप्रबन्धक न्यौपानेले अध्ययन गराइरहेका छन् ।
गैंडा छाप भनेर जनतामाझ ब्रान्ड बनेको यो उद्योग बन्द भएको थियो। अहिले नाफा कमाउनेतिर अग्रसर भएको देखिन्छ। अनुभवी नेतृत्वका कारण उद्योग अहिले निजी क्षेत्रसँग प्रतिस्पर्धातर्फ अघि बढेको छ। न्यौपाने माघ १ गतेदेखि नियुक्त भए। त्यतिबेला उद्योगको रूपमा नै थिएन। उद्योगका लागि चाहिने मुख्य कच्चापदार्थ कोइला नै स्टकमा थिएन। अरू कच्चापदार्थ पनि थिएनन्। करिब ६५ करोड रुपैयाँ तिर्न बाँकी थियो। कर्मचारीमा पनि नयाँ महाप्रबन्धक आएपछि केही हुन्छ कि भन्ने आशा त थियो। तर पनि अब यो उद्योगले पार पाउँदैन भन्ने नै थियो। तर, आठ महिनामा न्यौपाने नेतृत्वमा अब उद्योग चल्छ भन्ने भएको छ। कर्मचारी युनियनदेखि सबै कर्मचारीलाई काममा लगाउन न्यौपाने सफल भएका छन्।
न्यौपाने आउनुअघि साउनदेखि पुस मसान्तसम्म पौने ७ लाख बोरा उत्पादन भएको थियो। उनी गएपछि माघबाट यो असारसम्म त्यसको ठ्याक्कै दोब्बर १२ लाख बोरा जति उत्पादन गर्न सकेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा ८२/८३ करोड जतिको टर्नओभर भएकोमा ५१ करोड जति नै टर्न ओभर हो। राजस्व धेरै ठाउँमा तिर्न बाँकी थियो। गएको मंसिरदेखि कर्मचारीहरूको तलब, ओटी, डिलरहरूको भुक्तानी लगायत दायित्व धेरै थियो। अहिले पनि छन् दायित्व तर उद्योग एउटा फर्ममा आएको छ।
यो उद्योग २०४४ सालमा स्थापना भई २०४९ बाट उत्पादन सुरु गरेको हो। यो उद्योग जापनिज सरकारको सहयोगमा निर्माण भएको हो। जापान सरकारले २०५१ सालमा सरकारलाई हस्तान्तरण गरेको हो। जापान सरकारले अनुदानमा नै दिएको हो। हस्तान्तरण गर्दा साढे ६ अर्बको लगानीमा अढाई अर्ब ऋण र ४ अर्ब पुँजीको रूपमा छुट्ट्याइएको थियो । तर, त्यो २ अर्ब ५० करोड ऋण र त्यसको ब्याज ५ प्रतिशत लगाइरहँदा थपिँदै जाँदा तिर्न सक्ने अवस्था भएन। सुरुमा ८० देखि ९० करोड भने उद्योगले तिरेको देखिन्छ। १ अर्ब ७२ करोडको साँवा र त्यसको ब्याजसहित गरेर अहिले पौने ४ अर्ब सरकारकालई तिर्न बाँकी छ।
प्रतिकृया