नबिल बैंक र पोखरा विश्वविद्यालयबीच साझेदारी
प्रकाशित मिति
२०७८ कार्तिक १४ गते, आईतवार ११:३३
१४ कार्तिक, २०७८ काठमाडौँؘ : नबिल बैंकले पोखरा विश्वविद्यालयसँग ‘दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँच’ को लागि समझदारी गरेको छ। समझदारीपत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका डिन डा। अजय थापाले हस्ताक्षर गरेका छन्। नबिल बैंकले पोखरा विश्वविद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रमअन्तर्गतका उद्यमशील परियोजना सञ्चालन गरिरहेका उद्यमी विद्यार्थीहरुलाई कर्जा उपलब्ध गराई उद्यमशीलता विकास गर्ने उद्देश्यले सम्झौता गरिएको बैंकले जनाएको छ।
उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत शाहले सम्झौताले बैंक र विश्वविद्यालयको सम्बन्धमा नयाँ आयाम थपेको बताए। सम्झौताले उद्यम गर्ने सोचसँगै त्यससम्बन्धी ज्ञान हासिल गरेका युवाहरुमा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने उनको भनाइ छ।

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा।डा। प्रेमनारायण अर्याल, रजिष्ट्रार डा. दीपकबहादुर भण्डारी तथा मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले नबिल दिगो बैंकिङ कार्यक्रमको सफलताको शुभकामनासहित यसका लागि विश्वविद्यालयको सधैँ सहयोग रहने बताए।

बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको थियोे। कार्यक्रमअन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा सुरु गरेको छ। बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई लक्षित गरी कृषि क्षेत्रको व्यवसायीकरण र उद्यमशिलता विकासको लागि ल्याइएको उक्त कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाबाट सञ्चालन गरीे नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा प्रवाह गर्दै आएको छ।




प्रतिकृया