• ४ साउन २०८३, सोमबार
  • ३:४८ बिहान

मेस्सीलाई उछिन्दै अन्सु फातीले बनाए यस्तो रेकर्ड

प्रकाशित मिति

२०७८ कार्तिक २ गते, मंगलवार ०१:४८

२ कार्तिक, २०७८ एजेन्सी : अन्सु फाती किशोरावस्थामै निकै उत्कृष्ट देखिएका छन् । बार्सिलोनाका पूर्व कप्तान लियोनेल मेस्सीले लगाउने गरेको १० नम्बर जर्सी अहिले उनी लगाउँछन् । त्यसैले, धेरैलाई अन्सुलाई मेस्सीको उत्तराधिकारीका रूपमा लिएका छन् ।


के अन्सु साँच्चै अद्भुत छन् रु अहिलेसम्मको तथ्याङ्कले यस्तै भन्छ । उनले बार्सिलोना र स्पेनको राष्ट्रिय टिमबाट निकै उत्कृष्ट खेलिरहेका छन् । भ्यालेन्सियाविरुद्ध उनले यस्तै उत्कृष्ट खेल देखाउँदै दर्शनीय गोल गरे । यससँगै १९ वर्षको उमेर पुग्नअघि उनले १३ गोल गरिसकेका छन् । यो मेस्सीको भन्दा राम्रो रेकर्ड हो । १९ वर्ष पुग्नअघि बार्सिलोनाका लागि बोजान किर्रिकले १२ र लियोनेल मेस्सीले ७ गोल गरेको इतिहास छ । फातीले आफ्नो डेब्यु सिजनमै सात गोल गरेका थिए ।

Kamana Sewa

गत सिजन चोटका कारण उनले धेरै खेल गुमाए, त्यसका बाबजुद ४ गोल उनको नाममा रह्यो । यस सिजन लियोनेल मेस्सी, एन्टोनियो ग्रिजमानलगायत स्टार खेलाडी बार्सिलोनामा छैनन् । र, १९ वर्षीय फाती अहिले टिमका महत्त्वपूर्ण खेलाडी हुन् ।

Classic Tech Desktop

प्रतिकृया