• १६:३७ २०८० चैत्र १६ गते
  • 4:37 pm

सुदूरपश्चिमस् पहिरोमा परी ३ को मृत्यु, २ घाइते

प्रकाशित मिति

२०७८ कार्तिक २ गते, मंगलवार ०२:००

Landslide 1

२ कार्तिक, २०७८ काठमाडौँ : सुदूरपश्चिममा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन्। यस्तै बाढीमा बगेर १ जना बेपत्ता छन्। आइतबार राति आएको वर्षातका कारण डोटीको सायल गाउँपालिका–६ मेल्लेख बस्ने वीरबहादुर कुन्जेडाको घर भत्कन गई २ जनाको च्यापिएर मृत्यु भएको छ। ईलाका प्रहरी कार्यालय आदर्श डोटीका अनुसार मृतकको शव निकालिएको छ।


यस्तै, मंगलबार डडेल्धुरामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका-१ भात्काँडामा पहिरोमा परी ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको हो। प्रदेश प्रहरीका कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दका अनुसार डडेल्धुराको अमरगढी नगरपालिका-१ मा गएको पहिरोमा परी घाइते भएको अरू २ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।


यसैगरी, गोदावरी नगरपालिका– ८ स्याउलेका ३० वर्षीय गणेश आउजी खुटिया पुलनजिकै ढुंगा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन्। उनको प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ। पहिरोका कारण बझाङमा ३, डोटीमा १ र डडेल्धुरामा २ घर भत्किएका छन् ।

प्रतिकृया