नेपाली यू-२३ फुटबल टोली ताजिकिस्तान प्रस्थान
प्रकाशित मिति
२०७८ कार्तिक २ गते, मंगलवार ११:०९
२ कार्तिक, २०७८ काठमाडौँ : एएफसी यू-२३ एसियन कप छनोटका खेल्न नेपाली यू-२३ टोली ताजिकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । छनोटमा नेपाल कठिन समूहमा छ । नेपालसँगै ताजिकिस्तान, लेबनान र इरान समूह बीमा छन् ।
त्यसअघि नेपालले अक्टोबर २२ शुक्रबार इन्डोनेसियाको यु-२३ टोलीसँग ताजिकिस्तानमै मैत्रीपूर्ण खेल खेल्नेछ । छनोटमा नेपालले पहिलो खेल इरानसँग अक्टोबर २५ मा खेल्नेछ । यस्तै दोस्रो खेल ताजिकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ । नेपाली टोलीमा साफ च्याम्पियनसिपको उपविजेता टिममा रहेका ६ खेलाडी पनि छन् ।
नेपाली टिम
गोलकिपर : अर्पण कार्की, विशाल सुनार, अविशेक बराल
डिफेन्डर : सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, रन्दिप पौडेल, अनिल महर्जन, अविशेक लिम्बु
मिडफिल्डर : नितिन थापा, सुरज ज्यु ठकुरी, आयुस घलान, सेसेहाङ आङ्देम्बे, राजिब लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, रोशन पहाडी, एरिक विष्ट
फरवार्ड : ऋतिक खड्का, मनिष डाँगी, अविशेक रिजाल, दर्शन गुरुङ








प्रतिकृया