• १९ असोज २०८३, सोमबार
  • १२ः३१ दिउँसो

महाकालीमा बाढीपछि टापुमा फसे पाँचजना

प्रकाशित मिति

२०७८ कार्तिक २ गते, मंगलवार ११:१४

२ कार्तिक, २०७८ काठमाडौँ : लगातारको वर्षासँगै आएको बाढीले कञ्चनपुरको महाकाली टापुमा पाँचजना फसेका छन्। भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा पाँचजना महाकाली बाढी पछि फसेका हुन्। उनीहरू पूर्णागिरि मन्दिरको फेदमा रहेको टापुमा थुनिएका छन्।

National Life

स्थानीयका अनुसार मसेट्टीका स्थानीयले उक्त क्षेत्रमा कुखुराको खोर बनाएका थिए। त्यसकै लागि उनीहरू त्यहाँ बस्ने गरेका थिए । आइतबारदेखि नै नदीको एक भँगालो पूर्वतर्फबाट बग्न थालेपछि उनीहरू बीचमा फसेका हुन् । ब्रह्मदेवदेखि झन्डै ५ किलोमिटर पर चुरे फेदमा रहेको मसेट्टी पुग्न आधा दर्जन खहरेहरू पार गर्नुपर्छ।


खहरेमा समेत बाढीका कारण आउजाउ गर्न सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उद्धारका लागि नेपाली सेनासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। वर्षा निरन्तर भइरहेकाले महाकाली नदीमा पानीको बहाव पनि निरन्तर बढीरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया