• ४ साउन २०८३, सोमबार
  • ३:२८ बिहान

नयाँ पार्टी गठन गर्ने रमेश खरेलको घोषणा

प्रकाशित मिति

२०७८ आश्विन २४ गते, आईतवार ०७:०८

२४ असोज, २०७८ काठमाडौँ : नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेशप्रसाद खरेलले नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्। उनले रत्नपार्कस्थित शान्तिबाटिमा आइतबार पत्रकार सम्मेलन पार्टीको घोषणा गरेका हुन्। नेपाल सुशासन अभियानका रूपमा खरेल आफ्ना समर्थकसहित केही समययता सक्रिय छन्। भ्रष्टाचार, अन्याय, अत्यचार र बेथितिविरूद्ध आफ्नो पार्टी सक्रिय रहने खरेलले पत्रकार बताए।


खरेलले नयाँ पार्टीको विचार, नीति र सिद्धान्तबारे आमरुपमा छलफल गर्ने बताए। त्यो विचार, नीति र सिद्धान्तबारे जनतालाई जानकारी दिएपछि पार्टी स्थापनाको प्रक्रियामा जाने बताए। उनले यो अवसरमा भने, ‘देशभरि नेपाल आमाको रगत खानेहरूलाई हामी कानुनी दायरामा ल्याउँछौं।

Kamana Sewa

उनले यो रहरले नभएर बाध्यताले गर्दा पार्टी स्थापनामा जुटेको बताए। देशमा कुशासन व्याप्त छ। सिंहदरबारका राजनीतिक व्यवसायीले बारम्बार शोषण गरे,’ खरेलले भने, ‘जनतालाई कसरी शोषण गर्न सकिन्छ र भ्रष्टाचार कसरी गर्न सकिन्छ भन्ने अभिप्रायले भागबण्डा हुन्छ।’

Classic Tech Desktop

यस्ता राजनीतिक बेइमानी र भागबण्डा, भ्रष्टाचारलाई जनताले कहिले पनि समर्थन नगरेको उनले बताए ‘घुस नदिए कुनै अड्डामा काम हुँदैन। आम जनताले बुझ्नुपर्ने कुरा के छ भने सिंहदरबारदेखि तल गाउँसम्म भ्रष्ट प्रवृत्ति। सिंहदरबारले कमिसन र भ्रष्टाचार गर्न सिकाएको छ,’ उनले भने।


यस्तो अवस्थालाई कति सहेर बस्नेरु कति टुलुटुलु हेरेर बस्नेरु भन्दै खरेलले भ्रष्टाचारीहरूविरूद्ध सहकार्य गर्न जनतालाई अपिल गरे। ‘हामी राम्रा मान्छे एक हौं, देशलाई माया गर्ने जनता एक ठाउँमा संगठित हौं,’ खरेलले भने, ‘नाराम्रा मान्छे संगठित छन्। अपराधी, भ्रष्टाचारी र गुण्डा संगठित छन्।’


राम्रा मान्छे एकजुट हुने हो भने पाँच वर्षमा देश कायापलट हुने उनले बताए। उनले यस्ता कुशासनविरूद्ध आफू सधैं संविधानले दिएको अधिकार अनुसार शान्तिपूर्वक लाग्ने बताए। ‘बेइमानहरूलाई समर्थन नगरीदिनुहोला। सिंहदरबार भ्रष्टाचारीको अखडा हो। प्रदेश, स्थानीय तहका मानिस रातारात करोडपति भएका छन्। यी दलालहरूले देशलाई बन्धक बनाएर रातारात अर्बपति भएका छन्,’ खरेलले भने।


खरेल २९ वर्ष नेपाल प्रहरीमा थिए। सर्वेन्द्र खनाललाई सरकारले प्रहरी महानिरीक्षक बनाएपछि उनले डिआइजी पदबाट राजीनामा दिएका थिए।उनी भ्रष्टाचारविरूद्ध आक्रामक थिए। उनी प्रहरी संगठनभित्र सेलेब्रिटी छवि बनाएका अधिकारी थिए ।


प्रतिकृया