• ४ साउन २०८३, सोमबार
  • ३:४९ बिहान

माइतीघरबाट पक्राउ परेकी रुवी खानलाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

प्रकाशित मिति

२०७८ आश्विन २४ गते, आईतवार ०४:२७

२४ असोज, २०७८ काठमाडौँ : सर्वोच्च अदालतले काठमाडौँको माइतीघरबाट पक्राउ परेकी नेपालगञ्जकी रुवी खानलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन आदेश दिएको छ । उनको पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले खानलाई अदालतमा २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको हो ।


घरेलु हिंसापीडित महिलालाई न्याय माग गर्दै नेपालगञ्जदेखि पैदल यात्रा गरेर काठमाडौँ आएका टोली माइतीघरमा धर्नामा बसेको थियो । सोही टोलीको सदस्य रुवी खानलाई प्रहरीले शुक्रबार बेलुका पक्राउ गरेको थियो । उनलाई पक्राउ गर्नु गैरकानुनी भन्दै अधिवक्ता मोहना अन्सारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । प्रहरीले उनलाई नेपालगञ्ज लगिसकेको छ ।

Kamana Sewa

प्रतिकृया