• १९ असोज २०८३, सोमबार
  • ४ः११ बेलुका

मैत्रीपूर्ण फुटबलमा नेपाल ओमानसँग फराकिलो अन्तरले पराजित

प्रकाशित मिति

२०७८ आश्विन ११ गते, सोमबार ०६:३८

११ असोज, २०७८ काठमाडौँ : मैत्रीपूर्ण फुटबल खेलमा नेपालले ओमानसँग हार व्यहोरेको छ । कतारको दोहामा आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ को फराकिलो अन्तरले पराजित भएको हो ।

National Life

साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले फिफा वरीयतामा ९० स्थानको ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जानेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका थिए ।नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।

प्रतिकृया