• १९ असोज २०८३, सोमबार
  • ६ः०० बेलुका

काँग्रेस नगरअघिवेशन मध्यपुरथिमिमा प्रजापति, सूर्यविनायकमा ढुङेल,चाँगुनारायणमा केसी र भक्तपुरमा तमखुको प्यानल विजयी

प्रकाशित मिति

२०७८ आश्विन ११ गते, सोमबार ०६:२९

११ असोज, २०७८ काठमाडौँ : नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत आज भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा भएको निर्वाचनमा भक्तपुर नगरपालिकामा राजेन्द्र तमखु नेतृत्वको समूह विजयी भएको छ । आज सम्पन्न निर्वाचनमा तमखुले ८९ मत ल्याएका छन् भने उनका प्रत्यासी एवं निवर्तमान् सभापति राम कासुलाले ६८ मत प्राप्त गरेका छन् ।

National Life

उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिलराज दैवज्ञ, सहसचिवमा विष्णुप्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी भएका छन् । त्यसैगरि मध्यपुरथिमि नगरपालिका काँग्रेस नगर सभापतिमा हरिदास प्रजापति नेतृत्वको समूह विजयी भएको छ ।


प्रजापतिले १९० मत ल्याएर विजयी भएका छन् । भने प्रत्यासी एवं निवर्तमान सभापति सुरेन्द्र श्रेष्ठले ८५ मत ल्याएका छन् । उपसभापतिमा अनिल श्रेष्ठ र सिताराम कुटु, सचिवमा राम थापामगर र रवि घजु तथा सहसचिवमा विजय प्रजापति र जीवन श्रेष्ठ विजयी भएका छन्।
चाँगुनारायण नगरपालिका शिवहरी केसीको समूह विजयी भएको छ । वर्तमान सभापतिसमेत रहेका केसीले १८८ मत प्राप्त गरेर विजयी भएका छन् । भने प्रत्यासी गोपाल पौडेलले ५८ मत प्राप्त गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

केसी नेत्तृत्वको उपसभापतिमा राजकुमार दाहाल र दिनेशराज गिरी, सचिवमा दिनेश थापा र सिजन कार्की तथा सहसचिवमा गोकर्ण पुरी र चन्द्रशेखर खत्री विजयी भए । त्यसैगरि सूर्यविनायक नगर सभापतिमा निशान ढुंगेल नेतृत्वको प्यानल विजय भएको छ । ढुंगेललले १४४ मत प्राप्त गरेका छन् । भने प्रत्यासी रवि राणाले ११२ मत प्राप्त गरे । ढुंगेल काँग्रेस जिल्ला सचिव भएका छन् .भने राणा सूर्यविनायक नगर उपसभापति भएका छन् । ढुंगेलको नेतृत्वमा उपसभापतिमा रमण कायष्थ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढुंगाना र सुरेश केसी विजयी भएको ।

प्रतिकृया