• १९ असोज २०८३, सोमबार
  • २ः५९ दिउँसो

ईपीएल : पानी परेकाले भैरहवा र पोखराबीचको खेल स्थगित, दुवै टिमले अंक बाँडे

प्रकाशित मिति

२०७८ आश्विन १० गते, आईतवार ०४:३९

१० असोज, २०७८ काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आइतबार भएको दोस्रो खेल वर्षाका कारण अवरुद्ध भएपछि दुवै टोलीले अंक बाँडेका छन् । किर्तीपुरस्थित त्रिवि मैदानमा जारी भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजको खेल वर्षाले अवरुद्ध भएको हो । टस जितेर व्याटिङ रोजेको पोखराले खराब सुरुआत गरेको थियो ।

National Life

१२ रनमा ५ विकेट गुमाएको पोखराका लागि छैटौ नम्बरमा ब्याटिङमा उत्रिएका एसेला गुणरत्नेले टोलीलाई लय दिन खोजेका थिए तर उनी १६ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाउँदै पेभिलियन फर्किए । त्यस्तै क्रिजमा विवेक यादव १ चौका र छक्कासहित १६ बलमा १६ रन बनाएर खेलिरहेका थिए । भने विक्रम सोव ७ बलमा ७ रनसहित थिए । भने अरु कुनै व्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।


भैरहवाको बलिङमा दुर्गेश गुप्ताले ३ ओभरमा १ मेडनसहित १६ रन खर्चिँदै ३ विकेट लिए । धम्मिका प्रसाद, अविनास बोहरा र तुलबहादुर थापाले समान १ विकेट लिएका थिए । भोलि हुने पहिलो खेलमा काठमाडौं किङ्स-११ र विराटनगर वारियर्सले प्रतिस्पर्धा गर्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया