दल विभाजन गर्ने अध्यादेश प्रतिस्थापन हुने, त्यस लगत्तै मन्त्रिपरिषद् विस्तार
प्रकाशित मिति
२०७८ आश्विन ६ गते, बुधबार ०५:२४
६ असोज, २०७८ काठमाडौँ :सरकारले राजनीतिक दल विभाजन गर्न ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याउने भएको छ । २० प्रतिशतले दल विभाजन गर्न पाउने अध्यादेश कायमै राख्दा सत्तारुढ दलहरु नै फुट्ने देखिएपछि प्रतिस्थापन विधेयक ल्याउन लागिएको हो । माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले शीर्ष नेताको बैठकपछि त्यसको टुंगो लाग्ने जानकारी दिएका हुन् ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले हाल संसदमा रहेको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याइने बताए । ‘भोलिसम्म मन्त्रिपरिषद् विस्तार भइसक्छ । मन्त्री छान्ने जिम्मेवारी अध्यक्षलाई दिइएको छ’, महराले भने ।

दल विभाजन सम्बन्धी अध्यादेश प्रतिस्थापनपछि दुई दिनभित्र मन्त्रिपरिषद् विस्तार हुने महराले बताए ।

बैठकले डोरप्रसदा पौडेललाई केन्द्रीय कार्यालय सचिवमा राख्ने निर्णय गरेको छ ।




प्रतिकृया