• ४ साउन २०८३, सोमबार
  • १:२१ बिहान

सुर्खेतको वीरेन्द्रनगरमा पेट्रोल छर्केर वडा कार्यालय आगजनी

प्रकाशित मिति

२०७८ आश्विन ६ गते, बुधबार ०१:२५

६ असोज, २०७८ काठमाडौँ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं.–१ का वडा अध्यक्ष गंगाराम सुनार एउटा विशेष कार्यक्रमका लागि राजधानी कै एक होटलमा सहभागी थिए । बुधबार बिहानैदेखि कार्यक्रममा सरिक भएका उनलाई १०:१५ तिर वडा कार्यालयकै लेन्डलाइन नम्बरबाट फोन आयो । उनले फोन रिसिभ गरे ।


फोन रिसिभ हुनेबित्तिकै उनलाई तपाईं कार्यकक्षमा हुनुहुन्न् कता हुनुहुन्छ ? अहिले सम्म कार्यलयमा नआउने हो ? भनेर धम्की दिन थाले । वडाअध्यक्षले केही काम परे कार्यवाहक अध्यक्ष आउनुहुन्छ बस्दै गर्नुस् न म वडाकै कार्यक्रमका लागि यता होटेलमा छु भनेर जवाफ दिएर फोन राखे । उनले फेरि वडाअध्यक्षलाई फोन गरेर तपाइँ आउनुहुन्छ की वडा कार्यालय जलाइदिम रु भनेर धम्की दिए । त्यसपछि अध्यक्ष सुनारले वडा कार्यालयका कर्मचारीलाई फोन गरेर उनको काम गरिदिन निर्देशन दिए ।

Kamana Sewa

‘यसको झण्डै १० मिनेटपछि वडा कार्यालयमा आगजनी भयो भन्ने खबर आयो’ वडाअध्यक्ष सुनारले भने, ‘म अचम्मित छु ।’ उनले दिएको जानकारीअनुसार आगजनी गर्ने व्यक्ति सोही वडाका वास्तवमा लामिछाने हुन् । आगजनीबाट वडाका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएका छन् । लामिछाने त्यो दिन बिहानैदेखि दुईचार जनालाई काट्नुछ भन्दै खुँडा बोकेर हिँडेका थिए ।

Classic Tech Desktop

अध्यक्ष सुनारले भने, ‘हाम्रो कर्मचारी भाई अलि सानो हुनुहुन्छ । डराएर बाहिर बसे । त्यी व्यक्ति कार्यकक्षमा पसेर पेट्रोल छर्केर आगो लगाइदिएछन् ।’ प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । नगरप्रमुख देवकुमार सुवेदीले वडा कार्यालयको निरीक्षण समेत गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी सहायक निरीक्षक कनकबहादुर शाहीले प्रहरी घटनास्थलमा पुगेको र अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिकृया