• २ असोज २०८३, शुक्रबार
  • १ः४७ दिउँसो

काठमाडौँमा आगामी हप्तादेखि विद्यालय खोल्ने तयारी

प्रकाशित मिति

२०७८ भाद्र १७ गते, बिहीबार ०१:१०

१७ भाद्र, २०७८ काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आगामी हप्तादेखि विद्यालय खोल्ने तयारी गरेको छ । स्मार्ट–लकडाउन कार्यविधि अनुसार काठमाडौँको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको हो ।

National Life

महानगर शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले शिक्षा समितिका पदाधिकारीसँग छलफल गरेर आउने हप्तादेखि खोल्ने तयारी भइरहेको बताए । ‘प्रशासन कार्यलयले स्थानीयले विद्यालय खोल्न सक्ने भनेको छ । त्यसैले शिक्षा समितिका पदाधिकारीसँग बसेर छलफल गरिरहेका छौं । आगामी हप्तादेखि खोल्ने गरी प्रयास गरिरहेका छौं ।’


जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको आदेशमा भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन गर्ने भए स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालनको निर्णय गर्न सक्ने भनेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया