• ५ साउन २०८३, मंगलबार
  • ६:०५ बेलुका

कोभिड-१९ को नक्कली रिर्पोट वनाउने कर्मचारीमाथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको छानबिन सुरु

प्रकाशित मिति

२०७८ भाद्र १० गते, बिहीबार ०५:०१

१० भाद्र, २०७८ काठमाडौँ : कोरोना परीक्षणको नक्कली रिर्पोट बनाइदिने शहीद गंगालाल हृदय रोग केन्द्रका कर्मचारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छानबिन सुरु गरेको छ । हृदय रोग केन्द्र प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोद कुमार यादवमाथि कोभिड–१९ को नक्कली रिर्पोट बनाएको आरोपमा मन्त्रालयले छानबिन सुरु गरेको हो ।


केन्द्रका सञ्चालक समिति सदस्य विजय राईको संयोजकत्वमा छानबिन समिति बनाइएको छ । समितिमा मन्त्रालयका उपसचिव मानबहादुर बस्नेत र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ डा। शंकर काफ्ले सदस्य रहनु भएको छ । कोरोनाको नक्कली रिपेर्ट बनाइ सर्वसाधारणसँग रकम असुल्ने गरेको उजुरी आएपछि मन्त्रालयले छानबिन थालेको हो ।

Kamana Sewa

यादवले नक्कली कागजात बनाउने, केन्द्रको लेटरप्याडको दुरुपयोग गर्ने, बिनापरीक्षण रिर्पोट निकाल्ने गरेको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यादवले रकम लिएर रिर्पोटलाई नेगेटिभ पनि बनाउनेसमेत गरेको पाइएको छ । यादवलाई सेवा सर्त नियमावली अनुसार भविष्यमा केन्द्रको सेवामा अयोग्य ठहर गर्दै बर्खास्त गर्ने गरी विभागीय सजाय गर्न सञ्चालक समितिलाई सिफारिस गरिएको छ ।

Classic Tech Desktop

प्रतिकृया