सांसद तथा नायिका नुसरत बनिन् आमा : श्रीमानले भनेका थिए, ‘यो मेरो बच्चा होइन’
प्रकाशित मिति
२०७८ भाद्र १० गते, बिहीबार ०५:०६
१० भाद्र, २०७८ एजेन्सी : टीएमसीकी सांसद तथा नायिका नुसरत जहां आमा बनेकी छिन् । नायिकाले छोरा जन्माएकी छिन् । नुसरतलाई २५ अगस्टको राती कोलकाताको नियोसिया अस्पताल भर्ना गरिएको थियो । अभिनेता यश दासगुप्ताले नुसरतलाई अस्पताल लिएर गएका थिए ।
सुत्केरी हुनु अघि नुसरतले आफ्नो फोटो इन्स्टामा सेयर गरेकी थिइन्, ‘फेथ ओभर फियर’ । आमा बनेपछि नुसरत जहांलाई प्रशंसक र सेलिब्रिटीले बधाई दिइरहेका छन् । नुसरत जहांको गर्भावस्थाको विषयमा निकै विवाद भएको थियो । थुप्रै दिनदेखि नुसरत गर्भवती भएको खबर आइरहेको थियो ।
पछि नुसरतको बेबी बम्पसहितको फोटो चर्चाको विषय बनेको थियो । जब नुसरतको गर्भावस्थाको खुलासा भयो, त्यति नै बेला नायिका उनका श्रीमानबाट अलग्गिएको कुरा पनि सार्वजनिक भएको थियो । निखिल जैनसँग नुसरतको विवाह सन् २०१९ मा भएको थियो तर तनावपछि उनीहरु सन् २०२१ मा अलग्गिए ।
डेढ वर्षमै टुटेको विवाह र सहकर्मीसँगको अफेयरबारे भड्किइन् नायिका नुसरतः भन्छिन्, ‘राम्रो होस् वा नराम्रो, यो मेरो जीवन हो’ नुसरतको गर्भावस्थामाथि निखिल जैनले आफूलाई यसबारे केही थाहा नभएको बताएका थिए । उनले नुसरतको गर्भमा हुर्किरहेको बच्चा पनि आफ्नो नभएको बताएका थिए । यसैबीच नुसरतको नायक यश दासगुप्ता सम्बन्ध रहेको चर्चा हुन थाल्यो । यद्यपि, यी दुईले आफ्नो सम्बन्ध स्विकार गरेका छैनन् ।
प्रतिकृया