• २ असोज २०८३, शुक्रबार
  • ४ः५३ बेलुका

हवाई कार्गोको भाडादर पच्चीस प्रतिशतले वृद्धि

प्रकाशित मिति

२०७८ भाद्र ५ गते, शनिबार १२:३८

५ भाद्र, २०७८ काठमाडौँ : हुम्लामा हजाई कार्गोको भाडादर २५ प्रतिशतले बढेको छ। हवाई इन्धनको भाडादर नबढेको भएपनि हवाई कार्गोको भाडादर बढेको एयरलाइन्सले जनाएको छ। यसअघि १०० रुपैयाँ भाडामा पठाइने सामान १२५ रुपैयाँ पुगेको छ। समिट एयर नेपालगंजका बजार व्यवस्थापक उमेश बिसीले यसअघि नेपालगंजबाट सिमकोटका लागि लिदै आएको भाडादर प्रतिकेजीमा एक सय रुपैयाँ भएकोमा हाल १२५ रुपैयाँ पुगेको बताए ।

National Life

सो एयरलाईन्स काठमाडौँका बजार व्यवस्थापक मन्जनी श्रेष्ठले सामानको माग बढेको कारण भाडा दरमा वृद्धि गर्नु परेको बताईन । उनले इन्धनको मूल्यवृद्धि भएको बेला पनि भाडा नबढेको बताउदै उनले ढुवानीको माग निक्कै बढेको कारण भाडा वृृद्धि भएको जानकारी दिईन ।भोली माग कम भए भाडादर पनि कम हुँदै जाने एयरलाईन्सहरुले जनाएका छन् । त्यसैगरि सुर्खेतबाट पनि प्रतिकेजी ढुवानी भाडादर ११० रुपियाँ पुगेको बताईएको छ । जब कि यसअघि सुर्खेतबाटै प्रतिकेजी ८५ रुपियाँसम्म ढुवानी हुने गरेको थियो ।


हुम्लामा समिट, तारा र सीता एयरका जहाजहरुले काग्रो उडान भर्दै आएका छन् । नेपालगंजबाट सिमकोटका लागि पैतीस देखि पैतलाीस मिनेट समय उडान भर्न लाग्छ । चर्को हवाई ढुवानी कै कारण हुम्ला सामानको मुल्य अत्याधिक महंङ्गो पर्ने गरेको छ । नेपालगंज र सुर्खेतबाट हवाई मार्गबाट ढुवानी हुने काग्रोको सामानको ढुवानी गर्ने रोकाया पुस्तक पसलका व्यापारी ज्ञान बहादुर रोकायाले चाडबाडको समयमा भाडा वृद्धि हुँदा मर्कामा परेको बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया