• २ असोज २०८३, शुक्रबार
  • ३ः५७ दिउँसो

तालिबानको कब्जापछि पप स्टार अर्याना अफगानिस्तानबाट बाहिरिन सफल

प्रकाशित मिति

२०७८ भाद्र ५ गते, शनिबार १२:२४

५ भाद्र, २०७८ काठमाडौँ : अफगानिस्तानकी सबैभन्दा चर्चित महिला पप स्टार अर्याना सैयद काबुलबाट अमेरिकी फ्लाइटमा देश छोड्न सफल भएकी छन् । काबुलमाथि तालिबानको कब्जापछि अफगानिस्तानको अवस्था अराजक भएपछि पप स्टार अर्यानाले देश छोडेकी हुन् ।

National Life

उनले इन्स्टाग्राममा पोस्ट् गर्दै देश छोड्न सफल भएको जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, ‘म एकदमै ठिक छु । जिउँदै छु । धेरै डरलाग्दा रातपछि म कतारको दोहा पुगेकी छु । र यहाँबाट इस्तांबुल जाने तयारी गरिरहेकी छु ।’ ३६ वर्षीया अर्याना आफगानी टेलिभिजनमा एक रियालिटी शोको निर्णायक थिइन् ।


मिडिया रिपोर्टका अनुसार उनी अमेरिकी कार्गो जेटमार्फत अफगानिस्तान छोड्न सफल भएकी थिइन् । -एजेन्सी

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया