• २ असोज २०८३, शुक्रबार
  • ४ः३२ बेलुका

असाधारण जनमतका साथ फेरि पनि मूलढोकाबाट सत्तामा पुग्छु : केपी ओली

प्रकाशित मिति

२०७८ श्रावण २६ गते, मंगलवार ०२:३२

२६ साउन, २०७८ काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारलाई एक महिनासम्म केही नगरेकोमा बधाई दिएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा उनले एक महिनाको समय सरकारले खेर फालेको र अब १५ महिनाको समय बधाई तथा शुभकामना खाएर र विपक्षीलाई गाली गरेर बित्ने बताए।

National Life

ओलीले आफू फेरि पनि सरकारको नेतृत्वमा पुग्ने दाबी गरे। उनले आफू प्रधानमन्त्री बन्न जन्मेको नभई काम गर्दै जाँदा प्रधानमन्त्री भएको बताए। ‘म यो देश र देशका जनताको सेवाका लागि जन्मिएको हो।


म प्रधानमन्त्री हुन जन्मिएको होइन। काम गर्दै जाँदा प्रधानमन्त्री भएको हो’, उनले भने, ‘फेरि पनि असाधारण जनमतका साथ मूलढोकाबाट सत्तामा पुग्छु। मेरा काम हेरेर जनताले मत दिएका हुन्। नेताहरुको कुण्ठा, जलन, स्वार्थका समिश्रणबाट प्रधानमन्त्री भएको होइन। उछिट्टिएर, जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन, परमादेशबाट पनि भएको थिइन।’

Classic Tech Mobile
Classic Tech Desktop

नेपाली जनतालाई संवृद्ध बनाउने उद्देश्य लिएर हिँडेको मान्छेलाई सानातिना गालीले फरक नपार्ने बताउँदै उनले अघि भने, ‘मेरो कार्यक्रय, योजना बनाएर त्यसैअनुसार अघि बढेको छु।’


उनले सम्वृद्ध नेपाल सुखी नेपालीको भावनाअनुसार गठबन्धन गरेको र पवित्र उद्देश्यका साथ पार्टी एकता गरेको बताए। प्रतिपक्षीसँग सम्मानजनक व्यवाहार गरेको उनले बताए।


‘सरकारको गन्तव्य प्रष्ट थियो। राज्य सञ्चालन गर्दा अपनाउनु पर्ने सजगता अपनाइएको थियो। स्वच्छ र पारदर्शी रुपमा नियुक्त गरेँ। नातावाद क्रिपावादको छाया समेत पर्न दिएन’, ओलीले जिकिर गरे।


ओलीले असंवैधानिक, अलोकतान्त्रिक, अपवित्र गठबन्धन बनाएर आफूलाई हटाइएको बताए। ‘अदालतलाई धेरै विवादमा ल्याउन आवश्यक छैन। त्यसका शब्दशब्दको मूल्यांकन इतिहासले गर्नेछ’, ओलीले भने।

प्रतिकृया