नेपाल प्रहरीले थाल्यो नेपाल माक्स अभियान
प्रकाशित मिति
२०७८ श्रावण २६ गते, मंगलवार ०३:१५
पवित्रा थापा मगर
२६ साउन, २०७८ काठमाडौँ : कोरोनाको तेस्रो लहरबाट बच्नका लागि मास्क लगाउन सबैलाई प्रोत्साहित गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यलय धादिङको आयोजनामा धादिङमा नेपाल मास्क अभियान सुरु गरिएको हो ।
अभियान अन्तर्गत सामाजिक दुरी कायम गरौँ, कोभिड महामारीबाट आफु बचौँ अरुलाई पनि बचाऔँ, तपाईको मास्क खै, म पनि मास्क लगाउँछु, अरूलाई पनि मास्क लगाउन प्रेरित गर्छु , भिडभाड भएको स्थानमा नजाऔँ लगायतको प्ले कार्ड सहित जनप्रतिनिधि, स्थानीय प्रशासन, प्रहरी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको सहभागितामा जनाचेतनामूलक ¥याली निकालिएको थियो ।
अभियान अन्र्तगत नेपाल रेडक्रश सोसाइटी धादिङ र उद्योग वाणिज्य सघ धादिङको सहयोगमा प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल, प्रहरी उपरीक्षक महेन्द्र खड्का लगायतले सर्वसाधारणलाई मास्क वितरण गर्नुभएको थियो । कोभिड १९ विरुद्ध जनचेतना जगाउने तथा स्वास्थ्य मापदण्ड पालना गराउने उद्देश्यले गरिएको अभियानले बजारमा सर्वसाधारणलाइ मास्क लगाउन प्रोत्साहित गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनुभयो ।
‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २३ गतेदेखि २९ गतेसम्म अभियान सञ्चालन गर्न थालेको हो ।






प्रतिकृया