• १२ असोज २०८३, सोमबार
  • ३ः४६ दिउँसो

टोकियो ओलम्पिक : पौडीको नतिजामा निर्भर रहन्छ अमेरिकाको स्थान

प्रकाशित मिति

२०७८ श्रावण ११ गते, सोमबार ०७:५३

११ साउन, २०७८ काठमाडौँ :  टोकियो ओलम्पिकमा सोमबार बिहानसम्म चीन, जापान र अमेरिकाको त्रिपक्षीय प्रतिस्पर्धा रहेको छ । अमेरिका र चीनको विगतदेखि नै प्रतिस्पर्धा हुँदै आए पनि यसपटक घरेलु टोली भएका कारण जापानले केही आफ्नो अनुकूलका खेल र स्पर्धा पनि समावेश गरेको छ ।

National Life

त्यसो त गएका एक वर्ष कोरोना महामारीका कारण ठूला प्रतियोगिता आयोजना भएनन् । धेरै देशका प्रशिक्षण महामारीले प्रभावित पारेको छ ।यसरी सबैभन्दा धेरै प्रभावित अमेरिकी र युरोपेली देश भएका कारण यसको असर पनि यस ओलम्पिकमा देखिएको छ ।


यस ओलम्पिकले धेरै कुराको तय पनि गर्ने छ । पौडीका चार स्पर्धा हुन छन् । पुरुष सय मिटर ब्रेस्टस्ट्रोकमा बेलायतका एडम पेट्टीको जित लगभग निश्चित नै मानिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

महिला ४०० मिटर मिटर फ्रिस्टाइलमा अमेरिकी केट्टी लेडेकी र अस्ट्रेलियाकी एरियन टिटमसका बीच प्रतिस्पर्धा हुनेछ । पुरुष ४०० मिटर फ्रिस्टाइल रिलेमा रुसी ओलम्पिक कमिटी, इटाली, अमेरिका र अस्ट्रेलिया बीचमा चार पक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।


महिला सय मिटर बटरफ्लाइमा विश्व कीर्तिमान धारी स्विडेनकी सहारा जोस्टाम, चीनकी झाङ युफेइ, अमेरिकी टोरी हस्क, क्यानडाकी मेगी म्याकनील र फ्रान्सकी मारिया बर्टेल बीच कुनै परिणाम देखिन सक्ने अनुमान गरिएको छ ।


तथापि यो वर्षको फर्मलाई आधार मान्दा र स्थिर रहेका कारण झाङ नै बलियो भएको धेरै समीक्षकको मत छ । सोमबार नै आर्चरीको पुरुष टिम स्पर्धाका खेल हुनेछ । यो स्पर्धामा दक्षिण कोरियालाई दाबेदार मानिएको छ । जिम्न्यास्टिकको पुरुष टिम स्पर्धाको फाइनल सोमबार हुनेछ ।


यो स्पर्धामा चीन, जापान र रुसी ओलम्पिक कमिटीको टोलीका बीचमा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । सफ्ट बलमा जापान र अमेरिका बीच पहिलो चरणको खेल हुनेछ । यी दुवै फाइनल प्रवेश गरिसकेका कारण पहिलो चरणको राउन्ड रोबीन यस खेलको त्यति महत्व रहेको छैन ।


पुरुष क्यानोइको फाइनल खेल पनि सोमबार हुनेछ । माउन्टेन बाइकको पुरुष क्रस कन्ट्री सोमबार सम्पन्न हुनेछ ।डाइभिङको पुरुष सिन्क्रोफइज्ड १० मिटरको स्पर्धा हुनेछ । यो चीनको एकल पकड रहेको खेलको रूपमा रहेको छ ।


फेन्सिङमा महिला एकल साब्रे र पुरुष एकल फोइलको खेल हुनेछ । फेन्सिङको बारेमा अनुमान गर्न धेरेका लागि कठिन रहेको छ ।जुडोमा महिला ५७ किलो र पुरुष ७३ किलो स्पर्धाका खेल हुने छन् जुडोमा सोमबार पनि आयोजक देश जापान नै हाबी हुने अपेक्षा गरिएको छ ।


सुटिङमा स्कीटको महिला र पुरुष स्पर्धाको फाइनल खेल हुनेछ । सुटिङका यी स्पर्धामा चीन दाबेदारको रूपमा रहेको छ । तेक्वान्दोमा महिला ६७ र पुरुष ८० किलो स्पर्धाका खेल हुनेछन् ।


ट्रायथलनमा पुरुष एकलको फाइनल हुनेछ । भारोत्तोलनमा महिला ५५ किलो तौल समूहको खेल हुनेछ । यस खेलमा चीनलाई बलियो दाबेदार मानिएको छ । स्केट बोर्डिङमा सोमबार महिला स्ट्रिटको फाइनल खेल हुनेछ ।


बास्केटबल, थ्री बाइ थ्री बास्केटबल, ब्याडमिन्टन, बक्सिङ, बिच भलिबल, ह्यान्डबल, हक्की, रग्बी सेभेन, सर्फीङ, टेबल टेनिस, टेनिस, र भलिबलको पहिलो चरणको खेल हुनेछ ।


जसरी आइतबार अमेरिका र जापानका लागि सुखद रह्यो, शायद सोमबार चीनका लागि उपयुक्त पनि हुन सक्ने छ । डाइभिङ, भारोत्तोलन, सुटिङ र पौडीमा स्वर्ण पदकको सम्भावना रहेको छ यी मध्य डाइभिङ र भारोत्तोलनमा लगभग निश्चित रहेको छ ।


अमेरिकाको हकमा पौडीको बिहानको समय नै महत्वपूर्ण रहेको छ । अमेरिकाको जित्ने सम्भावना त तीन स्पर्धामा रहेको छ । परन्तु एकदम बलियो अवस्था भने कुनै पनि स्पर्धामा छैन ।


यस कारण सोमबारको दिन पदक तलिका कुन दिसामा जाने हो भन्ने बिहानको समयले निर्क्योल गर्नेछ ।


सोमबार बेलुकाका सबै स्पर्धा सकिँदा पदक तालिकामा कसको अग्रता रहने भन्ने शायद पहिलो सत्रमा नै टुङ्गो लाग्नेछ । एरियन टिटमस र केट्टी लेडेकी बीचको महिला ४०० मिटरको पौडी सोमबारको सबैभन्दा हेर्न लायक स्पर्धा हुन सक्ने छ ।

–एजेन्सीहरूको सहयोगमा

प्रतिकृया