• १२ असोज २०८३, सोमबार
  • ४ः४१ बेलुका

जन्मदिनमा रक्षाले सार्वजनिक गरिन छोरीसँगको तस्विर

प्रकाशित मिति

२०७८ असार २३ गते, बुधबार ०१:२२

काठमाडौँ : बीचमा कतै गायब थिइन् उनी । तर, यसपटक उनी एउटा सरप्राइज लिएर दर्शकसामु सार्वजनिक भएकी छिन् । उनी अर्थात अभिनेत्री रक्षा श्रेष्ठ । आज जन्मदिन मनाउँदै गरेकी रक्षाले एउटा सरप्राइज खबर बहिर ल्याएकी छिन् । उनका प्रशंसकका लागि यो एउटा ठूलै खबर हुनुपर्छ ।

National Life

दुई महीना अघि जन्माएकी छोरीसँगको तस्विर उनले सामाजिक संजालमा सार्वजनिक गरेकी छन् । छोरीको नाम राखेकी छिन्: माहिरा गुरुङ । यो सरप्राइज आएलगत्तै उनलाई बधाइ दिनेको ओइरो लागेको छ । बधाइको दिनेको भीडमा उनीसँग अनस्क्रिन केमेस्ट्री मिल्ने जिग्री ब्रो अर्थात कुमार कट्टेल समेत छन् ।


बैशाख २३ गते छोरीलाई जन्म दिएकी रक्षाले आफू आमाको खबरलाई गोप्य राखेकी थिइन् । बुधबार आफ्नो जन्मदिन पनि परेको र छोरी पनि दुई महीना पुगेकाले सार्वजनिक गरेको उनले जनाएकी छिन् । मिडियामा आफूबारेका भ्रामक खबर आउन थालेपछि सत्यतथ्यका लागि छोरीको नामसहित बाहिर ल्याएको जनाएकी छिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

कोभिडको कारण उनले जन्मदिन घरपरिवारसँगै मनाउन लागेकी छिन् । भद्रगोलसँगै रक्षाले अर्को सिरियल सक्किगो निमा अभिनय गरेकी छिन् ।

प्रतिकृया