• १२ असोज २०८३, सोमबार
  • २ः०९ दिउँसो

कांग्रेस बैठक शुरू भएन, नेताहरू गुटको छलफलमा

प्रकाशित मिति

२०७८ असार १८ गते, शुक्रबार ०५:१३

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक अझै शुरू भएको छैन । दिउँसो २ बजे बोलाइएको बैठक तीन घण्टा बित्दासम्म शुरू नभएको हो । क्रियाशील सदस्यता छानवीन सम्बन्धमा बनाउने मापदण्ड विवादका कारण बैठक बस्न नसकेको बताइएको छ ।

National Life

महाधिवेशन कार्यतालिका अनुसार समितिले केन्द्रीय समितिलाई असार २० भित्र क्रियाशील सदस्यताको सूची बुझाउनुपर्ने हुन्छ । निर्धारित समयमै केन्द्रीय कार्यालय सानेपा पुगेका शीर्ष नेताहरू अहिले गुटको बैठकमा छन् । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू आ- आफ्नो कार्यकक्षमा छुट्टाछुट्टै छलफलमा छन् ।


क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधान, मापदण्ड निर्धारण, समायोजन लगायतका विषयमा सहमति जुटेपछि बैठक शुरू हुने कांग्रेस नेताले बताएका छन् । हिजोका लागि डाकिएको बैठक स्थगित गरी आज तय गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया