• १२ असोज २०८३, सोमबार
  • १ः३० दिउँसो

राज्यमन्त्रीबाट राजीनामा दिएकी रायमाझी भन्छिन्, ‘मलाई झुक्याएर सरकारमा लगियो’

प्रकाशित मिति

२०७८ असार १८ गते, शुक्रबार ०४:४८

काठमाडौँ : जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशकी नेतृ सुमन शर्मा रायमाझीले लुम्बिनी सरकारको राज्यमन्त्री पदबाट राजीनामा दिएकी छिन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले उनलाई पार्टीबाट कारबाही गरेर प्रदेश सांसदबाट हटाउने चेतावनी दिएपछि उनले आफ्नो पदबाट राजीनामा दिएकी हुन् ।

National Life

उनले आज जसपाको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेकी हुन् । उनले आफूलाई जसपाका प्रदेश सांसद सन्तोषकुमार पाण्डेले छलछाम गरी सरकारमा लगेको बताउँदै आफू जसपाको मूलधारमा रहेर पार्टीको नीति सिद्धान्त अनुसारको प्रतिगमनको विरुद्धमा सङ्घर्ष गर्ने घोषणा गरेकी छिन् । साथै उनले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पत्र लेखेर आफूमाथि गरिएको कारबाही फिर्ता लिन आग्रह गरेकी छिन् ।


उनले वैशाख ६ गते गतेको संसदीय दलको निर्णय बमोजिम सही छाप गरी लुम्बिनी प्रदेश सरकारको विरुद्धमा अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको तर प्रदेश सांसद पाण्डेले जसपाको अध्यक्षको निर्देशन बमोजिम काम गर्नुपर्ने भन्दै झुक्याएर सरकारमा सहभागी गराएको पत्रका दाबी गरेकी छिन् । उनले अध्यक्ष यादवलाई लेखेको पत्रका भनेकी छिन्, ‘आफ्नो हस्ताक्षरको पक्षमा काम रहन नसकी हाम्रो संसदीय दलका माननीय सन्तोष कुमार पाण्डेले राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकीकरण भई जनता समाजवादी पार्टी नेपाल निर्माण भइसकेको भनेर झुक्याइ जसपा अध्यक्षको निर्देशन बमोजिम काम गर्नुपर्ने र विभिन्न मुद्दामा सङ्घीय सरकारबाट सहयोग प्राप्त हुने भनेर गलफतीमा परेर मेरो हस्ताक्षरको लागि मलाई बाध्य गराइ मबाट पार्टीको निर्णय र संसदीय दलको निर्णय बमोजिम म उपर भएको कारबाहीको जानकारीसमेत प्राप्त नगरेको र सो सम्बन्धमा म उपर कारबाही भएको भनी अनुमानको आधारमा सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउनु भएको थियो ।’

Classic Tech Mobile
Classic Tech Desktop

सो मुद्दामा सुनुवाइ भई अल्पकालीन आदेशसमेत भएको बताउँदै उनले आफू आफ्नो हकमा सो रिट निवेदन फिर्ता लिएको जानकारीसमेत गराएकी छिन् । उनले आफू पार्टीको निर्णय, ह्वीप तथा हकहित विपरीत कुनै कार्य नगर्ने प्रतिबद्धता जनाउँदै आफूमाथि गरिएको कारबाही फिर्ता गरी पार्टी पद तथा प्रदेश सभा सदस्य पदसमेत यथावत् राखेर न्याय गर्न आग्रह गरेकी छिन् ।

प्रतिकृया