• १३ असोज २०८३, मंगलबार
  • १०ः५६ राती

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

प्रकाशित मिति

२०७८ असार १३ गते, आईतवार १२:४४

काठमाडौँ : सुनसरीमा आइतबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कोशी गाँउपालिकास्थित नङ्खु टोलस्थित पूर्वपश्चिम राजमार्ग आइतबार बिहान माइक्रोले पिकअप भ्यान र मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको हो।

National Life

सुनसरी प्रहरी कार्यालयका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.३ ख ७२२४ नम्बरको माइक्रोले विपरीत दिशाबाट आउँदै गरेको स.६प ४६६१ नम्बरको मोटरसाइकल र को.१च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिएको थियो।


दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ वर्षीय उदय साह, मोटरसाइकल पछाडि सवार मोरङ विराटनगर–९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर–७ का ४० वर्षीय अक्षयकुमार गुप्ताको जिल्ला अस्पताल ईनरुवा उपचारको क्रममा मृत्यु भएको विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रदेश प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार दुर्घटनाबाट घाइते भएका माइक्रोका चालक नुवाकोट बिदुर नगरपालिका–१३ का ३५ वर्षीय विवस तामाङ् र सह–चालकको २५ वर्षीय नारायण बत्सयालको विराटनगरस्थित विराटनगर अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना भएका तीन वटै सवारी साधन प्रहरीको नियन्त्रणमा छन्।

प्रतिकृया