• 1:13 pm

एमालेले बोलायो महाधिवेशन आयोजक कमिटीको बैठक

प्रकाशित मिति

२०७८ असार १३ गते, आईतवार १२:३६

काठमाडौँ : नेकपा (एमाले)ले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । आइतबार बसेको स्थायी कमिटीको बैठकले असार १६ गते काठमाडौँमा बैठक बोलाएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।


उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक स्थिति र राष्ट्रिय राजनीतिका आयामबारे छलफल गरिएको थियो । यसबारे थप छलफल गरेर निर्णय लिनुपर्ने भएकाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

प्रतिकृया