ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय क्याम्पस बीचको सहकार्यमा वृक्षारोपण
प्रकाशित मिति
२०७८ असार १३ गते, आईतवार १२:५४

काठमाडौँ : ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय बीचको सहकार्यमा विश्वविद्यालय क्याम्पस परिसरमा शनिबार वृक्षारोपण भएको छ । वृक्षारोपण कार्यक्रम त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. शिवलाल भुषाल तथा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गरेका थिए ।
विश्वविद्यालय क्याम्पस प्रिन्सिपल कार्यालयको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियान अन्र्तगत क्याम्पस परिसरको तीनकुने देखि घडी भवनसम्मको सडक छेउमा करिब ३ सय धुपी र चापको विरुवा रोपण गरी विरुवाको सुरक्षाको लागि “ट्रि गार्ड” समेत लगाइएको छ ।
कार्यक्रममा विश्वविद्यालय क्याम्पसका पदाधिकारी, कर्मचारी, विद्यार्थी तथा बैंकका कर्मचारी गरी १ सय जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।
प्रतिकृया