• १३ असोज २०८३, मंगलबार
  • ८ः५२ राती

५० प्रतिशत अनुदानमा कृषि यन्त्र पाएपछि कृषकहरु खुसी

प्रकाशित मिति

२०७८ असार ९ गते, बुधबार १०:२४

काठमाडौँ : कृषि ज्ञान केन्द्र नवलपरासी पश्चिमको ५० प्रतिशत अनुदानमा कृषि यन्त्र पाएपछि कृषकहरु खुसी भएका छन् । कृषिको पकेट क्षेत्र रहेको नवलपरासीका कृषकहरुले ५० प्रतिशत अनुदानमा पम्पिङ सेट बोर्डिङ्ग लगायतका कृषि यन्त्रहरू पाएपछि अबका दिनमा खेती कार्य गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् ।

National Life

जिल्लाको पाल्हीनन्दन गाउँपालिका १५० बढी किसानहरुलाई बेलासपुर कृषक समूहले ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा कृषि यन्त्रहरू वितरण गरेपछि कृषकहरु हर्षित भएका हुन् । समूहको अध्यक्ष अनिल कुमार मिश्राको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिका प्रमुख बैजु प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा सो गाउँपालिकाका वडा २, ३ र ४ का गरि १ सय ५० बढी किसानहरुलाई उक्त कृषि यन्त्रहरु वितरण गरिएको हो ।


कृषकहरुलाई कृषि यन्त्र वितरण कार्यक्रममा प्रमुख अतिथि एवं पाल्हीनन्दन गाउँपालिका प्रमुख बैजु प्रसाद गुप्ताले ती कृषकहरुलाई कृषि यन्त्रहरू वितरण गर्नु भयो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत ब्लक विकास कार्यक्रम मार्फत कृषि ज्ञान केन्द्र नवलपरासीको ५० प्रतिशत र कृषकहरूको ५० प्रतिशत लगानीमा ४६ लाख ७६ हजार रुपैया बराबरको उक्त कृषि यन्त्रहरू वितरण गरिएको समुहका अध्यक्ष अनिलकुमार मिश्राले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

अध्यक्ष मिश्रका अनुसार कृषकहरुलाई वितरण गरिएको कृषि यन्त्रमा १७ थान पम्पिङ सेट, २ थान भुसा बनाउने मेसिन, १४ थान पानी तान्ने मोटर, ३५ थान बोर्डिङ्ग, ५१ थान सिडबिन, ५५९ फिट सेक्सन पाईप, ७४० किलो डेलिभरी जानकारी दिए । कृषकहरुलाई कृषि यन्त्र वितरण गर्दै प्रमुख अतिथि तथा पाल्हीनन्दन गाउँपालिका प्रमुख बैजु प्रसाद गुप्ताले यस यन्त्रहरूको भरपूर सदुपयोग गरि उत्पादन बढाउन कृषकहरुलाई आग्रह गरे ।


कार्यक्रमका प्रमुख अतिथि गुप्ताले यो यन्त्रहरू पाएका किसानले यसलाई घरमै नथन्काइ यसको भरपूर लाभ लिई व्यवसायिक कृषि खेती गर्ने र बढि बढीभन्दा बढी उत्पादन गरि आय आर्जनलाई मजबुद बनाउन सुझाव दिए । कार्यक्रममा विशेष अतिथि एवं कृषि ज्ञान केन्द्रका प्रमुख दिवेश कुमार मिश्राले अनुदानमा पाएको यी यन्त्रहरूलाई पुर्ण अपनत्व लिई परम्परागत तथा व्यवसायिक कृषि कार्यमा प्रयोग गरि अन्न बालीको उत्पादकत्व बढाई बढिभन्दा बढि आम्दानी गर्न सुझाव दिए ।


उनले कृषि कार्य गर्दा आवश्यक प्राविधिक सहयोग र परामर्श ज्ञान केन्द्रले गर्ने र आगामी दिनमा कृषि क्षेत्रमा राम्रो उत्पादन गर्ने किसानलाई थप प्रोत्साहित गर्ने खालको कार्यक्रम ल्याउने जानकारी दिए । कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा ती कृषि यन्त्रहरू पाउने कृषकहरु अबका दिनमा खेती गर्न निकै सहज हुने र उत्पादनमा बृद्धि गर्न सकिने भन्दै हर्षित भएका थिए ।

प्रतिकृया