• 4:15 am

जिल्लमा ६० प्रतिशत रोपाई सकियो

प्रकाशित मिति

June 23, 2021

काठमाडौँ : नवलपरासीमा हालसम्म ६० प्रतिशत धान रोपाई सकिएको छ । धान रोपाइँको सिजनमा कृषकहरु समय समयमा बर्षाका पानी र गण्डक नहरमा पानी पाएपछि यतिबेला धान रोपाईमा व्यस्त भएका छन् । लकडाउनको समयमा किसानहरू सबै धानखेतीलाई प्राथमिकतामा राखी धान रोप्न व्यस्त छन् ।


जिल्लामा कुल २१ हजार ५ सय ५२ हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको छ । जिल्लामा राधा, सावित्री, रामधान, साँभा, सोना मसुली, काभेरी,प्रसन्ना लगायत हाईब्रिड जातका धान खेती हुदै आएको छ । नेपाल सरकारले १२८ प्रजातीको धान सुचीकृत गरेको छ तर किसानहरू बढि उत्पादन लिन भारतीय हाईब्रिडका धानहरु लगाउने गरेको पाइएको छ ।


कृषि ज्ञान केन्द्रले जिल्ला धान उत्पादन बढाउन धान ब्लक र धान प्रवद्र्धन कार्यक्रमहरु गर्दै आएको छ । खेतीका लागि सुहाउँदो माटो, प्राविधिक सहयोग र परामर्श समेत गर्दै आएको केन्द्र प्रमुख दिवेश कुमार मिश्राले जानकारी दिए । प्रमुख मिश्राले भने, अहिले जिल्लामा ६० प्रतिशत धान रोपाई सकिएको छ र असार २० गते भित्रसम्ममा करिब सम्पुर्ण खेतको रोपाई सकिने अनुमान गरिएको जानकारी दिए ।

प्रतिकृया