• १३ असोज २०८३, मंगलबार
  • ९ः३५ राती

रुपा सुनारले सरस्वतीलाई सुनियोजित रुपमा फसाएको नेवाः दबूको आरोप

प्रकाशित मिति

२०७८ असार ९ गते, बुधबार १०:३५

काठमाडौँ : नेवा समुदायको छाता संगठन नेवाः देय। दबूले रुपा सुनारले सरस्वती प्रधानले जातीय आधारमा घर भाडामा नदिएको भन्ने आरोपलाई सुनियोजित भनेको छ । नेवाः देय दबू जिल्ला समिति काठमाडौंले प्रेस विज्ञप्ति जारी गरी घरधनीले जातीय विभेद गर्ने मनशाय नराखेको र प्रत्येक घरधनीलाई आफ्नो घर भाडामा दिँदा भाडामा बस्ने व्यक्तिको घर ठेगाना,पेशा,चालचलन तथा अन्य जानकारी सोध्ने अधिकार रहेको जनाएको छ ।

National Life

अध्यक्ष मचाराज महर्जनले जारी गरेको विज्ञत्तिमा भनिएको छ, ‘घरसल्लाह गरी खबर गर्छु भनेको र कुनै पनि करार वा बैना लिई सकेको अवस्था पनि नभएकोमा स्वयंले आफैं कामी भएर नदिने भनेको हो रु भन्दै आफू कुरा बढाएर फोन रेकर्ड गरी मिडियाकर्मी भन्दै शक्तिको दुरुपयोग गरी घरधनीलाई सुनियोजित रुपमा अतिरञ्जित गरेको देखिन्छ ।’


दबूले सामाजिक सद्भावमा आँच आउने गरी सुनियोजित क्रियाकलाप भएको भन्दै प्रधानको पक्राउ गैरकानूनी भन्दै रिहाईको माग गरेको छ । नेवाः दबूले आफूहरु सबै खाले विभेदको विपक्षमा रहेको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया