• १५:०७ २०८० चैत्र १५ गते
  • 3:07 pm

नेपाल ट्रष्टका सचिवद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

प्रकाशित मिति

२०७८ जेष्ठ १६ गते, आईतवार ०५:४९

fff

काठमाडौं : नेपाल ट्रष्टका सचिव सुरेश आचार्यले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । आचार्यले महावीर पुनको पहलमा सञ्चालन भइरहेको केन्द्रलाई ५६ हजार रुपैयाँ नगद सहयोग गरेका हुन् ।


आचार्यका पिता यदुनन्दन आचार्यको निधनको सातौं महिनाको पुण्यतिथिमा आचार्यकी आमा प्रमिला आचार्यको तर्फबाट ३१ हजार १ रुपैयाँ तथा आफ्नो विवाहको २५ औं वार्षिकोत्सवको अवसरमा २५ हजार रुपैयाँ समेत गरी सो बराबरको सहयोग गरेका हुन् ।


राष्ट्रिय आविष्कार केन्द्रले पछिल्लो समयमा कोरोना महामारीको रोकथाम तथा उपचारका लागि आवश्यक सामाग्री उत्पादन गरी आवश्यकता अनुसार निःशुल्क रुपमा वितरण गर्दै आएको छ ।

प्रतिकृया