विपक्षी गठबन्धनको रिटमा हस्ताक्षर गर्न माधव पक्षका सांसदहरु सिंहदरवारमा
प्रकाशित मिति
२०७८ जेष्ठ १० गते, सोमबार ११:३७
काठमाडौँ : विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिटमा हस्ताक्षर गर्न नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरु सिंहदरबारमा पुगेका छन्।
विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध आझ सर्वोच्च अदालतमा दायर गर्ने रिट तयार भएसँगै नेपाल पक्षका सांसदहरु सिंहदरबारमा आइपुगेको नेता पाण्डेले जनाकारी दिएका छन् ।

नेपाल पक्षका सांसद सोमप्रसाद पाण्डेले माधव नेपाल, जिवनराम श्रेष्ठ, निरादेवी जैरु, लक्ष्मी चौधरी, बिरोध खतिवडासहित २१ जना सांसदहरु सिंहदरबार आइपुगिसको र बाँकी सांसदहरुले वारेसनामा दिएको जनाए।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी गठबन्धनले १ सय ४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेको हो ।
रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १ सय ४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको दावी गरिएको छ । देउवालाई प्रधाानमन्त्री नियुक्तिका लागि नेकपा एमालेका २६ सांसदले हस्ताक्षर गरेका थिए ।




प्रतिकृया