• ५ साउन २०८३, मंगलबार
  • ५:१५ बेलुका

प्रतिनिधिसभा विघटनको विपक्षमा यी कानुनविद्ले गर्नेछन् बहस

प्रकाशित मिति

२०७८ जेष्ठ १० गते, सोमबार ११:२६

काठमाडौं: प्रतिनिधिसभा विघटनको विपक्षमा विपक्षी गठबन्धनले दायर गर्न लागेको रिटमा दर्जनौं कानुनविद्हरुले बहस गर्ने भएका छन् ।


कानुनविद्हरु बद्रीबहादुर कार्की, शम्भु थापा, रमन श्रेष्ठ, हरिहर दाहाल, रामनारायण बिडारीलगायतले बहस गर्नेछन् । यस्तै दलको तर्फबाट भीम रावल, पुष्पा भुसाल र रमेश लेखकले पनि बहस गर्नेछन् ।

Kamana Sewa

विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिट विपक्षी गटबन्धनले तयार पारेका छन् ।

Classic Tech Desktop

प्रतिकृया