• ५ साउन २०८३, मंगलबार
  • ५:१५ बेलुका

बागमती प्रदेश ट्रापिक प्रहरीले २१ करोड राजस्व उठायो

प्रकाशित मिति

२०७८ जेष्ठ २ गते, आईतवार ०९:३९

काठमाडौं : बागमती प्रदेश ट्राफिक कार्यालयले ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधनबाट यस वर्ष उल्लेख्य राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म जम्मा १० करोड राजस्व असुल गरेको कार्यालयले यस वर्षको यो अवधिसम्म २१ करोड रुपैयाँ राजस्व असुल उपर गरिसकेको छ । निषेधाज्ञाकै बीच ट्रापिक कार्यालयले उक्त राजस्व संकलन गरेको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक शान्तिराम कोइरालाले बताए ।


‘हामीले यो वर्ष गतकोभन्दा डब्बल राजस्व संकलन गरेका छौं,’ उनले भने ‘ट्राफिक नियम उल्लघंन गर्ने २ हजार सवारी साधनबाट २१ लाख घुस दिएका थिए, त्यो लिएनौ र हामीले उनीहरूलाई कारवाही स्वरुप दण्ड जरिवाना गरायौं ।’ ४ लाख घुस त हामीले फिर्ता नै गर्यौ,’ उनले थपे ‘हामीले सेवामा समर्पित भएर गतल काम गर्नेलाई निरुत्साहित गर्दै काम गरिरहेका छौं ।

गत वर्षको तुलनामा सवारी साधनको चाप बढेपनि दुघर्टनामा परि मर्नेको संख्या कम भएको दावी पनि उनले गरे । ‘मैले प्रमुखको कार्यभार सम्हालेपछि संस्थागत सुशासन र सुधारको कामहरू गर्न खोजेको छु,’ उनले भने ‘ट्राफिक नियम उल्लघंन गर्नेलाई कारवाही गर्ने काम तिव्र रुपमा भइरहेको छ ।’

Kamana Sewa

कोइराला प्रमुख भएर आएपछि वर्षोदेखि हुन नसकेको ट्राफिक प्रहरीको सरुवालगायतका काम पनि भएका छन् । ट्राफिक प्रहरीमा संस्थागत सुशासन कायम गर्दै राज्यको प्रणालीका बसेर काम गर्न तथा गराउन लागिपरेका प्रउ कोइरालाले सरकारले कोभिड–१९ को महामारीका कारण गरिएको निषेधाज्ञा पालना गराउन दत्तचित्त भई आ–आफ्नो कार्यक्षेत्रमा खटिएर काम गराउन प्रोत्साहन गरिरहेका छन् । निषेधाज्ञाकै बीचमा पनि ट्रापिक प्रहरी कार्यालय बागमतीले सवारी साधनको चेकजाँज गर्नुका साथ हिडडुल गर्न नदिनेदेखि अप्ठ्यारोमा परेका आम सर्वसाधारलाई उद्धार गर्ने काम समेत गरिरहेकोे छ ।

Classic Tech Desktop

विषम परिस्थितिलाई ध्यानमा राखेर ट्राफिक प्रहरीले काम गरिरहेको कोइरालाले बताए । ‘हामीले सवारी साधन चेकजाँच गर्नेदेखि खुल्ला रुपमा हिडडूल गर्ने मानिसलाई सचेत गराउनेदेखि आवश्यकीय सेवा दिइरहेका छौं,’ उनले भने ‘कतिपय अवस्थामा ट्रापिक प्रहरी आफैले पनि धेरै मानिसको उद्धार गरेको छ ।’

आफू मतहतका कर्मचारीले निषेधाज्ञाको यो अवस्थामा पनि राम्रो काम गरिरहेको उनले जानकारी दिए । ‘निषेधाज्ञामा पनि हामीले दिनरात नभनि काम गरिरहेका छौं,’ उनले भने ‘यसबीच हुन सक्ने अपराधिक क्रियाकलाप तथा सडक दुघर्टनालाई प्राथमिकतामा राखेर ट्राफिक प्रहरीले कार्य सम्पादन गरिरहेको छ ।’ यो कार्य आजमात्रै होइन भोलिका दिनमा पनि गर्ने प्रतिवद्

प्रतिकृया