भर्चुअल माध्यमबाट सीईडीबी आईपीओ बाँडफाँट
प्रकाशित मिति
२०७८ बैशाख ३१ गते, शुक्रबार ०१:३१
काठमाडौं : सीईडीबी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक सनराइज क्यापिटलले शुक्रबार भर्चुअल माध्यमबाट आईपीओ बाँडफाँट गरेको बताएको छ ।
१६ लाख ८५ हजार ६ सय २७ जना योग्य अवेदकमध्ये २ लाख ३४ हजार १ सय ९५ जनालाई १० कित्ताका दरले आईपीओ परेको सनराइज क्यापिटलले जनाएको छ । यसैगरी, बाँडफाँट भएको कित्ताबाट रहन आएको ४ सय कित्तालाई कम्पनीले १० कित्ताभन्दा माथि भर्ने आवेदकलाई थप १/१ कित्ताका दरले दिइएको छ । ४ हजार ४ सय ४२ जना आवेदन भने अयोग्य ठहरिएको थियो ।
आईपीओको नतिजा सनराइज क्यापिटलको वेबसाइट र मेरो सेयरबाट हेर्न सकिने बताइएको छ । सीईडीबीले २५ लाख १८ हजार २ सय ३० कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो ।
Recent News
- एनपीएलमा विराटनगरद्धारा चितवन पराजित, चितवनलाई धक्का
- केईसीमा तीनदिने अर्डुइनो वर्कशप सम्पन्न, केईसी लाइट २०८१को तयारी जारी
- गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण
- अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु
- जग्गा तथा आवासको विषयलाई व्यवसायको अर्थमा मात्र नबुझौं : अर्थमन्त्री
- ‘माग्ने राजा’ मा केदारसँगै वर्षा अनुबन्ध
- सरकारले तोकेको न्यूनतम तलब निजीमा पनि लागु गर्न स्वास्थ्य मन्त्रालयको पत्र
- अन्तिम खेलमा पनि लुम्बिनी पराजित
- सुनचाँदीको मूल्य घट्यो
- नेपाल बुद्ध धर्म अध्ययनको केन्द्र हो : प्रधानमन्त्री ओली
प्रतिकृया