• ४ साउन २०८३, सोमबार
  • ७:०५ बेलुका

सहकारीको अत्यावश्यक काम मात्र गर्न विभागको अपिल

प्रकाशित मिति

२०७८ बैशाख २९ गते, बुधबार ०४:५८

काठमाडौं :  सहकारी विभागले नेपालभर क्रियाशिल रहेका सबै सहकारी संघ अत्यावश्यक काम मात्र गर्न अपिल गरेको छ ।  सहकारी विभागले नेपालभर क्रियाशिल रहेका सबै सहकारी संघ संस्थाहरुले अत्यन्त जरुरी र अत्यावश्यक कार्यहरु तथा सेवाहरु मात्र सञ्चालन गर्न अपिल गरेको हो ।

 

Kamana Sewa

 

Classic Tech Desktop

विभागले अत्यन्त कम जनशक्तिबाट स्थानीय प्रशासनसंगको पूर्ण समन्वयमा मात्र संचालन गरी गराई बांकी सम्पूर्ण क्रियाकलापहरु तथा सेवाहरु वर्तमान अवस्था सहज नभएसम्म स्थगन गर्न निर्देशन दिएको हो । कोभिङ-१९ को दोसो लहरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमै मानव समुदायलाई प्रताडित बनाईरहेको यस घडीमा थप जोखिम तथा क्षति हुन नदिन नेपाल सरकारको निर्णय अनुसार मुलुकका अधिकाश जिल्लाहरुमा निषेधाज्ञा लगायतका आदेशहरु जारी गरिएको छ ।

 

 

सिङ्गो राज्य संयन्त्र तथा जनशक्ति यस महामारीको नियन्त्रण तथा रोकथाममा केन्द्रित गर्दै गरेको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै विभागले यस्तो निर्देशन दिएको हो । साथै सम्पूर्ण सहकारी संघ संस्थाहरु तथा सहकारी कर्मीहरुलाई यस असहज परिस्थितिमा स्वास्थ्य पुर्वाधारहरुको व्यवस्थापनमा राज्य संयन्त्रसंग समन्वय गरी सदा झै भूमिका निर्वाह गरिदिन विभागले अपिल गरेको छ ।

प्रतिकृया