• 10:13 pm

एनएसएल : काठमाडौंलाई हराउँदै धनगढी फाइनलमा

प्रकाशित मिति

२०७८ बैशाख २८ गते, मंगलवार १०:००

Dhangdhi FC1620745994 e1620749737397

काठमाडौं :  धनगढी एफसी पहिलो नेपाल सुपर लिग एनएसएल  को फाइनलमा प्रवेश गरेको छ । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिताको पहिलो प्लेअफमा रोमाञ्चक जित निकाल्दै धनगढीले फाइनलमा स्थान बनाएको हो । मंगलबार भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २- १ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको हो ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन पुजन उपरकोटी र विशाल राईले एक एक गोल गरे । काठमाडौंका तेज तामाङले एक गोल फर्काए । खेलको निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा मार्की खेलाडी विशाल राइले १०८ औं मिनेटमा गोल गर्दै टिमलाई फाइनलको यात्रा तय गराए ।रोमान्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

 

खेलको ७५ औं मिनेटमा तेज तामाङले गोल गर्दै काठमाडौंलाई १-० को अग्रता दिलाए । खेलको ७८ औं मिनेटमा पुजन उपरकोटीको गोलबाट धनगढीले बराबरी गोल फर्काए । धनगढीसँग पराजित काठमाडौंले अब फाइनल प्रवेशको लागि इलिमिनेटर खेल खेल्नेछ ।इलिमिनेटरमा काठमाडौंले ललितपुर सिटी र बुटवल लुम्बिनी एफसीबीचको विजेतासँग खेल्नेछ ।

प्रतिकृया