• १८:४४ २०८० चैत्र १५ गते
  • 6:44 pm

जनस्वास्थ्यविद् डा. पाण्डे भन्छन् : आगामी ३ हप्ता नेपालका लागि अत्यन्तै कठिन, घरबाहिर नजाऔँ

प्रकाशित मिति

२०७८ बैशाख २८ गते, मंगलवार ०९:५४

Dr Rabindra Pandey1620747042

तस्बिर  डा. रविन्द्र पाण्डेको फेसबुकबाट

काठमाडौं : जनस्वास्थ्यविद् डा। रविन्द्र पाण्डेले नेपालका लागि आगामी ३ हप्ता अत्यन्तै कठिन हुने बताएका छन् । सामाजिक सञ्जालमार्फत डा. पाण्डेले अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएकाले अझै तीन हप्ता नेपालका लागि कठिन रहेको उल्लेख गरेका छन् ।

 

उनले आगामी तीन हप्ता घरमै बस्न पनि सुझाव दिएका छन् । तीन हप्ता सावधानी अप्नाएमा त्यसपछि संक्रमणदर घट्दै जाने उनको विश्वास छ । जीवनको तुलनामा दुःख सानो भएको उल्लेख गर्दै उनले खाद्यान्न किन्न दैनिक बाहिर ननिस्कन पनि आग्रह गरेका छन् । उनले पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित भएकाले बाहिर निस्कनै परेको अवस्थामा डबल मास्क लगाएर मात्रै निस्किन आग्रह गरे ।

 

Rabi e1620749296901

प्रतिकृया