• ११ असोज २०८३, आइतबार
  • १२ः४१ दिउँसो

सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रको ओपिडी सेवा बन्द हुने

प्रकाशित मिति

२०७८ बैशाख २७ गते, सोमबार १०:०८

पवित्रा थापा मागर

National Life

धादिङ : त्रिपुरासुन्दरी गाउँपालिका सल्यानटारमा रहेको सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रको ओपिडी सेवा बन्द हुने भएको छ ।सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र धादिङले प्रेस विज्ञप्ति मार्फत् आज सोमबार देखि अर्को सुचन जारी नभएसम्म ओपिडी सेवा बन्द हुने जनाएको छ ।

त्यस्तै स्वास्थ्य केन्द्रबाट प्रवाह हुने आकस्मिक सेवा र प्रसुती सेवा संचालन गरिने जनाएको छ । कोरोना भाइरस कोभिड १९ का लक्षणसँग मिल्दोजुल्दो बिरामीहरुको संख्या दिनानुदिन बढ्दै गएको र केही शंकास्पद बिरामीको पीसिआर पोजिटिभ देखिनुका साथै केही कर्मचारीमा पनि लक्षण देखिएकाले सेवा बन्द गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै ज्वरो क्लिनिक छुटै भवनमा संचालन गरिएको र कोभिडका शंकास्पद बिरामीलाई अक्सिजन सहितको छुटै भवनमा आइसोलेसनको व्यवस्था गरिएको जनाएको छ । त्यस्तै समुदाय स्तरमै कोभिड संक्रमण देखिएकोले नियमित साबुन पानीले हात धुन, मास्क लगाउन, भौतिक दुरी कायम गर्न र अत्यावश्यक काम बाहेक अस्पतालमा आएर भिडभाड नगर्न समेत अनुरोध गरेको छ ।

प्रतिकृया