• ११ असोज २०८३, आइतबार
  • ११ः५८ बिहान

खनाल–नेपाल पक्षीय सांसदको बैठक सुरु, के आउला निर्णय ?

प्रकाशित मिति

२०७८ बैशाख २७ गते, सोमबार १०:२९

खनाल नेपाल समूहका सांसदहरु राजीनामा दिने तयारीमा रहेका छन्

National Life

संसद सचिवालयको कोठा नम्बर ४११ मा सांसदबीच छलफल भइरहेको हो 

काठमाडौं :   नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षको बैठक सिंहदरबारमा सुरु भएको छ । सोमबार बिहान सवा १० बजेदेखि सुरु बैठकलाई महत्वका साथ हेरिएको छ । खनाल नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता कायम राख्नका लागि भन्दै ६ बुँदे पत्र पठाएर आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो । सो अल्टिमेटमबाट माग सम्बोधन नभएपछियस्तै नेताहरुले पार्टी एकता सकिएको प्रतिक्रिया समेत दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

 

खनाल नेपाल पक्षका सांसद झपट रावलले पार्टी एकता सकिएको बताएका छन् । उनले अनेकौं प्रयास गर्दा पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई फुटतिर लगेको उल्लेख गर्दै अब एमाले एकता सकिएको प्रतिक्रिया दिए ।

 

माधव पक्षले प्रधानमन्त्री समेत रहेका ओलीलाई दिएको अल्टिमेटम सकिएपछि आयोजित बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै रावलले अब एमाले फुटतिर गएको बताए । ‘लगभग पार्टी विभाजन भयो । ओलीले पार्टीलाई छिन्नभिन्न बनाएरै छाड्नु भयो। हाम्रो पत्रको जवाफ दिन पनि चाहनु भएन । सांसदबाट राजीनामासहितका कठोर निर्णयका लागि औपचारिक घोषणाका लागि मात्रै हामी बैठक बस्न लागेका छौं ।

प्रतिकृया