लोकसेवा आयोगमा रेग्मीको नाम सिफारिस
प्रकाशित मिति
२०७८ बैशाख २६ गते, आईतवार ०२:०५
काठमाडौँ : सरकारले लोक सेवा आयोगका अध्यक्षमा माधव रेग्मीको नाम सिफारिस गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतमा बालुवाटारमा आइतबार बिहान बसेको संवैधानिक परिषदको बैठकले पूर्व सचिव समेत रहेका रेग्मीलाई लोक सेवाको अध्यक्षमा सिफारिस गरेको हो।
लोक सेवा अध्यक्षका लागि सचिव शिशिरकुमार ढुंगाना र रेग्मीको नाम प्रस्ताव गरिएको थियो। परिषद बैठकले रेग्मीको नाम सिफारिस गरेको हो। कानूनी व्यवस्था अनुसार संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपटिबाट नियुक्त हुने छन्।
आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित थिए। प्रधानमन्त्री ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहभागी बैठकले लोकसेवासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि पदाधिकारी सिफारिस गरेको छ।






प्रतिकृया