निषेधाज्ञाकाे पहिलाे दिन नेप्सेमा वृद्धि,एनसीसी बैंक अग्रस्थान
प्रकाशित मिति
२०७८ बैशाख १७ गते, शुक्रबार १०:२१
काठमाडौँ : निषेधाज्ञाको दिन नेप्से परिसूचक २५.८२ अंकले वृद्धि भएको छ । बजार १ प्रतिशतले बढेको हो ।
यस दिन ४ अर्ब ३५ करोड ७० लाख १९ हजार बढीको सेयर कारोबार भएको छ । यस दिन होटल तथा पर्यटन र लगानी समूह बाहेक सबै समूहमा वृद्धि छ । ८ लाख १८ हजार भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको हो ।
ट्रेडिङ, हाइड्रोपावर र अन्य समूहहरु बढी चम्किएका छन । ३ कम्पनीको भाउ बढेर सर्किट लागेको छ ।
सिंगटी हाइड्रो इनर्जीको सेयर सर्किट लाग्ने गरी बढेको हो । यसको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । दोस्रो महिला लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ ।
खरिदबिक्री रकममा ३० करोड ९६ लाख रुपैयाँभन्दा बढीसहित एनसीसी बैंक अग्रस्थानमा छ । दोस्रोमा शिवम् र तेस्रोमा हिमालय पावर पार्टनर परेका छन् ।
प्रतिकृया