• २१ भदौ २०८३, आइतबार
  • ३ः२८ दिउँसो

अमेरिकी उपराष्ट्रपतिले लगाइन् गुरुङको डिजाइन

प्रकाशित मिति

२०७८ बैशाख १६ गते, बिहीबार ०४:४४

राष्ट्रपति जोसेफ आर बाइडेनले अप्रिल २८ तारिखका दिन संसदको संयुक्त सदनलाई सम्बोधन गरिरहँदा  उपराष्ट्रपति कमला ह्यारिस नेपाली डिजाइनर प्रबल गुरुङले तयार पारेको पोशाक लगाएकी  थिइन् ।

National Life

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी नागरिकता लिएका नेपाली डिजाइनर प्रबल गुरुङले तयार पारेको पोशाक लगाएकी हुन् ।

अगाडिको बालकोनीमा बसेर भने राष्ट्रपति  बाइडेनकी पत्नी जिल बाइडेन र डगलस इम्होफ कमलाका पतिले पनि नियालिरहेका थिए। समारोहमा केवल राष्ट्रपतिले मात्र मन्तब्य राखेका थिए। यस्ता अवसरहरुमा मानिसले कस्ता पहिरन कसरी लगाइरहेका छन् भन्ने कुराले पनि महत्वपूर्ण राजनीतिक मञ्चका पात्रहरु भित्रका अभिव्यक्तिहरुबारे धेरै जानकारीको प्रसार गरिरहेको हुन्छ।

Classic Tech Desktop

त्यो क्षण अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी नागरिकता लिएका नेपाली डिजाइनर प्रबल गुरुङले तयार पारेको पोशाक लगाइरहेकी थिइन्। न्यूयोर्कमा तयार पारिएको उनको सुट पाकेको आरुको भित्री भागजस्तै पहेँलो रंगको थियो। अर्कातर्फ राष्ट्रपतिपत्नी बाइडेनले भने उरुग्वेबाट आइ अमेरिकी नागरिकता लिएकी ग्याब्रिएला हस्र्टले तयार पारेको निलो पोशाक पहिरेकी थिइन्। रेशमी धागोका पत्र चढाइएको त्यो पोशाकमा अमेरिकाका पचासवटा राज्यका फूलहरुको बुट्टा कुँदिएको थियो, जसले पक्कै पनि माने राख्थ्यो।

‘यो पहिरनले लगाउने मानिसका छनौट मात्र झल्काएको होइन,’ उपराष्ट्रपति कमलाले पहिरिने लुगाहरुको बारेमा जानकारी दिने वेबसाइटकी संस्थापिका सुसन केलीले भनेकी थिइन्, ‘यो त सिंगो राष्ट्र र अमेरिकी प्रशासनले दिन खोजेको ब्राण्डको अभ्यास हो।’

वासिंगटन डिसीका समारोहहरुमा नियालेर हेर्न थालिएका उनीहरु दुवैले आफ्ना तर्फबाट एक नयाँ मानकको झल्को दिइरहेका थिए।अमेरिकी नागरिकता भएका नेपाली डिजाइनर प्रबल गुरुङले दृश्यहरुको युगमा नेपालीकाे पनि एउटा ब्राण्ड बनाउँदै गएका छन्  ।

प्रतिकृया